close

अधिकांश खाद्यान्न म्याद गुज्रेका भेटिएपछि...

अधिकांश खाद्यान्न म्याद गुज्रेका भेटिएपछि...

Trulli
ADVERTISEMENT

पाल्पा- दशैं नजिकिँदै गर्दा बजार अनुगमनलाई स्थानीय प्रशासनले तीव्र बनाएको छ । चाडपर्वलाई लक्षित गर्दै रिब्दीकोटको बतासे र कुसुमखोला बजारमा अनुगमन गरिएको हो । 

दशैं मौकामा खाद्यान्नको मूल्य बढाउने र कृत्रिम अभाव देखाउने भएकाले अनुगमनलाई प्राथमिकतामा राखिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ । बतासे र कुसुम खोलाका करिब तीन दर्जन पसल अनुगमन गर्दा अधिकांश पसलमा म्याद गुज्रेका अखाद्य वस्तुहरू र पेयपदार्थहरु लेभल नगरेका चामल मदिरा लगायतका बस्तु फेला परेपछि नष्ट गरिएको छ ।

बजार अनुगमनमा रिब्दीकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन अर्याल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पाल्पाका प्रमुख नरेश श्रेष्ठ, उद्योग वाणिज्य संघ पाल्पाका पदाधिकारी लगायतको सहभागिता थियो ।