close

लेभलिङ नगरी १० रुपैयाँको आइसक्रिम बेच्दा २ हजार जरिवाना

लेभलिङ नगरी १० रुपैयाँको आइसक्रिम बेच्दा २ हजार जरिवाना

Trulli
ADVERTISEMENT

कैलाली- धनगढी उपमहानगरपालिकाले बजार अनुगमनको क्रममा लेभलिङ नगरी आइक्रिम बिक्री गरेको भेटेपछि धनगढी- नम्बर १ लक्ष्मीनगरस्थित बालाजी आइसक्रिम उद्योगलाई जरिवाना गरेको छ । 

उपमहानगरपालिकाले मंगलबार बजार अनुगमन गर्दा आइसक्रिमको खोल बाहिर उत्पादन मिति र म्याद सकिने मिति नभएका (लेभलिङ नगरिएका)ले दुई हजार रुपैयाँ जरिवाना गरिएको धनगढी उपमहानगरपालिका बजार अनुगमन टोलीका संयोजक नारायणप्रसाद शर्माले पालिकाखबरलाई बताए ।

उक्त उद्योगलाई आगामी दिनमा बिक्री वितरण गर्दा मिति राखेर बेच्न सुझाव समेत दिएको उनले बताए । उनका अनुसार पहिलो पटक भएकाले सम्झाई बुझाई गरेर सामान्य जरिवानामात्र लिएको र आगामी दिनमा पनि यो कार्य गरेको फेला पारे कानुनअनुसार कारबाही गरिने उपमहानगरपालिकाले जनाएको छ ।