close

नगरपालिकाको टोलीद्वारा पानी उद्योगमा सिल

नगरपालिकाको टोलीद्वारा पानी उद्योगमा सिल

Trulli
ADVERTISEMENT

काठमाडौं- टोखा नगरपालिकाले गुणस्तरहीन पानी बिक्री वितरण गरेको भन्दै एक उद्योगलाई सिल गरेको छ । नगरपालिकाबाट आज खटिएको अनुगमन टोलीले टोखा नगरपालिका–३ ढलमलटोलमा सञ्चालित एक्वा अविरल पानी उत्पादन गर्ने सिलवाल गुप्र इण्ड्रष्टिज प्रालिलाई सिल गरेको हो । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले स्थानीय तहमा दर्ता नभई विगत १६ वर्षदेखि सञ्चालनमा रहेको र गुणस्तरीय पानी उत्पादन गरी बिक्री वितरण गरेकाले उद्योगमा सिल गरिएको जानकारी दिए । 

अनुगमनका क्रममा नगरप्रमुख प्रकाश अधिकारी, नगर उपप्रमुख मुरारी तामाङ, वडा नं ११ का वडाध्यक्ष घनश्याम खड्का, प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसी, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, घरेलु तथा साना उद्योगका प्रतिनिधिलगायत टोखाका कर्मचारीको सहभागिता थियो ।