close

कारबाही गर्न गाउँपालिकाको छड्के अनुगमन

कारबाही गर्न गाउँपालिकाको छड्के अनुगमन

Trulli
ADVERTISEMENT

स्याङ्जा - कालीगण्डकी गाउँपालिकाले नियमित रुपमा बजार अनुगमन गर्दै आएको छ । गाउँपालिकाकी उपाध्यक्ष तथा बजार अनुगमन समितिकी संयोजक साबित्रा कोईरालाको नेतृत्वमा नियमित तथा छड्के अनुगमन गर्दै आएको हो । 

गाउँपालिकाले स्वास्थ्य शाखा प्रमुख तथा खाद्य विज्ञहरुको सहयोगमा बजार अनुगमन गर्दै आएको उनले पालिकाखबरलाई बताइन् । नियमित अनुगमनमा स्थानीय व्यवसायीहरु सचेत हुने भएकाले समयसमयमा छड्के अनुगमन गर्दै आएको उनले सुनाइन् । कतिपय अवस्थामा स्थानीय बासिन्दाको गुनासोको आधारमा समेत अनुगमन हुँदै आएको छ । 

उनका अनुसार जिल्ला सिडिओा कार्यालयबाट सहायक प्रमुख जिल्ला अधिकारीको उपस्थितीमासमेत अनुगमन हुँदै आएको छ । अनुगमनमा अखाद्य बस्तु, म्याद नाघेका तथा कुहिएका सामग्री फेला परेमा सुरुमा नष्ट गर्ने र पुनः दोहोरिएमा कारबाही गर्ने उनले बताइन् । ग्रामीण भेगको पालिका भएकाले बजार ससानो हुने उनको भनाइ छ ।