close

दशैं लक्षित अनुगमन : २२ प्रकारका अखाद्य बस्तुहरु बरामद

दशैं लक्षित अनुगमन : २२ प्रकारका अखाद्य बस्तुहरु बरामद

Trulli
ADVERTISEMENT

इलाम- माईजोगमाई गाउँपालिकाले चाडपर्वलाई लक्षित गरी बजार श्रेत्रका पसलहरुको अनुगमन गरेको छ । 

बजार अनुगमन समितिको संयोजक प्रविना राईको नेतृत्व टोलीले २२ प्रकारका अखाद्य बस्तुहरु बरामद गरी नस्ट गरेको छ । अनुगमनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेत, पालिकाका कर्मचारील र प्रहरीको उपस्थिति थियो ।

नयाँबजार क्षेत्रका पसलहरुमा अनुगमन गर्दा खाद्य सामाग्रीहरु म्याद गुज्रिएको पाइएकाले बरामद गरी नस्ट गरिएको पालिका उपाध्यक्ष राईले बताइन् । चाडबाडको समयमा उपभोक्ता ठगिन सक्ने भएकाले अनुगमनलाई तीव्र पारिएको उपाध्यक्ष राईको भनाइ छ ।