close

८ मासु पसलको अनुगमनबाट ६५ हजार जरिवाना

८ मासु पसलको अनुगमनबाट ६५ हजार जरिवाना

Trulli
ADVERTISEMENT

कास्की- पोखरा महानगरपालिकाले बिहिबार पोखराका ८ वटा मासु पसलमा अनुगमन गरेको छ । नेपालीहरुको ठूलो चाड दशैँसँगै महानगरले मासु पसलमा अनुगमन गरेको हो ।

अनुगमन टोलीले चार वटा पसललाई ५ देखि २० हजार रुपैयाँ सम्म जरिवाना गरेको छ । महानगरको अनुगमन टोलीले ६५ हजार रुपैयाँ जरिवाना र १२ हजार ८५३ रुपैयाँको मासु बरामद गरी नष्ट गरेको छ । 

अनुगमनका क्रममा पोखरा–७ मा रहेको सेभेन स्टार फुड् एण्ड मार्ट, पोखरा–६ मा सञ्चालन रहेको पोखरा मिटमार्ट, पोखरा–१७ मा रहेको फ्रेस फ्रेस हाउसलाई २०/२० हजार रुपैयाँ जरिवाना गरिएको छ भने पोखरा–१७ कै इम्ररान फ्रेस हाउसलाई नगद ५ हजार रुपैयाँ जरिवाना गरिएको छ ।