close

गणपति ज्वेलर्सको विवाहोत्सव

गणपति ज्वेलर्सको विवाहोत्सव

Trulli
ADVERTISEMENT

काठमाडौं– विवाहको मौसमलाई लक्षित गरी गणपति ज्वेलर्सले विवाह उत्सव ग्राहक योजना ल्याएको छ । यो योजनामा वैवाहिक प्रयोजनमा १० लाख रुपैयाँ बढीको गहना खरिद गर्ने जोडीलाई ब्रेकफास्ट र डिनरसहित एक रात पाँचतारे होटलमा बस्ने सुविधा गणपति ज्वेलर्सले मिलाउनेछ । 


‘विवाह उत्सव’ योजना २ मंसिरदेखि २ महिना चल्ने गणपति ज्वेलर्सका सञ्चालक सिद्धान्त बेगानीले बताए । ‘विवाह गर्दै हुनुहुन्छ भने यही समयभित्र मौका छोप्न ग्राहकलाई आग्रह गर्दै छौँ’, बेगानीले भने, ‘गणपतिसँगको विवाहोत्सवले जीवनभरको सम्झना दिनेछ ।’ 


काठमाडौं न्युरोड विशाल बजारको जनसेवासँगै रहेको गणपति ज्वेलर्सले १३ वर्षदेखि सुनचाँदी र हीरा कारोबार गर्दै आएको छ । गणपति ज्वेलर्सको यस्तो योजनाले नवविवाहित जोडीको विवाह उत्सव बन्ने र दाम्पत्य जीवनलाई मीठा सम्झनाको गहनाले पनि सजाउने विश्वास बेगानीले व्यक्त गरे । ‘हाम्रो उद्देश्य नै ग्राहकलाई गुणस्तरीय गरगहना उपलब्ध गराउने र जीवनलाई झकिझकाउ बनाउने, खुसी र आनन्ददायी बनाउने हो’, उनले भने ।