close

अनलाइन पोर्टल ‘भेषभूषा डटकम’ सञ्चालनमा

अनलाइन पोर्टल ‘भेषभूषा डटकम’ सञ्चालनमा

Trulli
ADVERTISEMENT

काठमाडौँ– स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरीय सौन्दर्य, फेसन र जीवनशैलीसँग सम्बन्धित सामानहरू ग्राहकलाई एकै थलोबाट उपलब्ध गराउने उद्देश्यले ‘भेषभूषा’ नामक ब्राण्ड हब कम्पनीको घोषणा गरिएको छ । सौन्दर्य, पहिरन र जीवनशैलीसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका सामान बिक्री वितरण गर्नका लागि भेषभूषा कम्पनीले अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको हो ।

 

युवा उद्यमीहरूले सञ्चालनमा ल्याएको यो ब्राण्डअन्तर्गत नवीनतम शैली र सेवामार्फत ग्राहकको सोच, आवश्यकता र चाहनाअनुरूप खरिद बिक्री र परामर्श सेवा दिइने  ब्राण्ड सार्वजिनक कार्यक्रमका जानकारी दिइयो । चर्चित अभिनेता राजेश हमालले भेषभूषा ब्राण्डको शुभारम्भ गरे । भर्चुअल ब्राण्ड हबको रूपमा भेषभूषा इ–कमर्स प्लेटफर्मको रूपमा डिजिटल वेबसाइट पनि सञ्चालनमा ल्याइएको छ ।

 

एकीकृत सञ्जालमार्फत गुणस्तरीय सामानलाई उत्कृष्ट बिक्री तथा विश्वस्तरीय अत्याधुनिक सेवा प्रणालीको सेवा प्रणाली स्थापना गरी उपभोक्ताहरूसँग जोडिन चाहेको भेषभूषाका अध्यक्ष दीपक पाण्डेले बताए । भेषभूषा ब्राण्ड हबमा हाललाई स्वदेशी तथा विदेशी गरी ३४ ब्राण्ड तथा भविष्यमा थप ब्राण्डका सामान उपलब्ध गराइने कम्पनीले जनाएको छ । नेपाली कला, संस्कृति र रहनसहनलाई विदेशी बजारमा पहिचान गराउनु पनि भेषभूषाको लक्ष्य रहेको छ ।

 

अभिनेता राजेश हमालले व्यस्त दैनिकीमा एकै थलोबाट ग्राहकले चाहेअनुरूपको सामान पाउने उपयुक्त माध्यम भेषभूषा भएको भन्दै यो अहिलेको परिस्थितिमा अपरिहार्य र महत्वपूर्ण भएको बताए । उनले मानिसले चाहेर वा नचाहेर पनि फेशन, पहिरन र जीवनशैलीलाई पृथक बनाउन चाहने प्राणी भएकाले फेसनलाई जीवन पद्धतिको अभिन्न पाटोका रूपमा हेरिँदै आएको बताए ।

 

मेघा बैंककी डेपुटी सिइओ रोविना देशराजले डिजिटल विश्वमा नेपाली ब्राण्ड प्रवद्र्धन गर्ने उपयुक्त थलो भेषभूषाले अन्तरराष्ट्रिय ब्राण्डका पारखीका लागि पनि सान्दर्भिक हुने विश्वास व्यक्त गरिन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) का अध्यक्ष जनार्दन बरालले इकमर्स प्लेटफमका रूपमा भेषभूषा कम्पनीले ग्राहकको चाहना अनुरूप पहिरन पस्कने भएकाले अहिलेको सन्दर्भमा अति उपयोगी भएको उल्लेख गरे ।

 

ड्रिम प्रोजेक्ट‘ को रुपमा सुरु गरिएको यो परियोजना ग्राहकको रुची र चाहना अनुरूपको अनलाइन ब्राण्ड हब भएको कम्पनीका सिइओ तृष्णा आचार्यले जानकारी दिइन् । ग्राहकको रुची अनुरूप अन्तरराष्ट्रिय ब्राण्डका सामग्री उपलब्ध गराउने तथा स्वदेशी उत्पादनलाई विश्व बजारमा पुर्‍याउने लक्ष्यका साथ रणनीतिक योजनाअनुरूप काम अघि बढाइएको उनको भनाइ छ । प्रारम्भिक चरणमा रु पाँच करोडभन्दा बढी लगानी रहेको वेशभूषाले दीर्घकालीन रूपमा करिब रु ५० करोड लगानी गर्ने जनाएको छ ।

 

 चार्टड एकाउन्टेन्ट (सिए) समेत रहेका युवा व्यवसायीको संयुक्त लगानीमा वेशाभूषा सञ्चालनमा आएको हो । वेशभूषाको अध्यक्ष पाण्डे सफल सिए हुन् । कम्पनीको प्रबन्ध निर्देशक अनिल बञ्जरा तथा व्यस्थापक सिए विष्णु अधिकारी, दीपेन्द्र पौडेललगायत हुन् । निर्देशक बञ्जराले मानिसको पहिचान जीवनको महत्वपूर्ण भएकाले भेषभूषाले त्यसलाई सार्थक बनाउने भन्दै विदेशी ब्राण्ड मात्रै हैन स्वदेशी उत्पादनलाई प्रभावकारी रूपमा अन्तरराष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने उद्देश्यले भेषभूषा सञ्चालनमा ल्याइएको हो ।

 

 ‘सौन्दर्य, फेसन र जीवनशैली’ थिमबाट स्थापित भेषभूषाले ग्राहक उपभोक्ताको रोजाई अनुरूप पहिरन र जीवनशैलीका सामान उपलब्ध गराउनेछ । चर्चित ब्राण्डका विभिन्न भेराइटी पाइन्छ । हुलास वेलनेस, केटीएम क्वीन्स, गोल्ड स्टार, इमेजलगायत नेपाली १६ वटा र अन्तर्राष्ट्रिय एडिडास, लिभाइज, रिवोक, पिकलगायत १८ वटा ब्राण्ड गरी सुरुआतमा ३४ वटा ब्राण्डका सामान बिक्री गरिने छ । जसमध्ये २१ प्रकारका फेसनसम्बन्धी, चार प्रकारका लाइफस्टाइलसम्बन्धी र नौ  वटा ब्राण्ड ब्युटीसँग सम्बन्धित सामान रहेका छन् । कम्पनीका अनुसार तत्कालका लागि काठमाडौँ उपत्यकामा मात्रै सेवा उपलब्ध गराए पनि आगामी चार महिनाभित्र देशका प्रमुख सात शहरमा सेवा उपलब्ध गराइने छ भने केही वर्षभित्र विदेशमा पनि नेपाली सामान अनलाइन प्लेटफर्ममार्फत पुर्‍याइने बताइएको छ ।