close

टाटा मोटर्सको एक्सचेन्ज क्याम्प 

टाटा मोटर्सको एक्सचेन्ज क्याम्प 

Trulli
ADVERTISEMENT

काठमाडौं–नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले प्यासेन्जर भेहिकलका लागि टाटा मोटर्स एक्सचेन्ज क्याम्प आयोजना गर्दै छ । क्याम्प मंसिर ३ देखि ७ गतेसम्म नेपालभरि रहेका टाटा मोटर्स सोरुमहरूमा आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ ।

 

ग्राहकले टाटा मोटर्सको सोरुममा गई कार्यक्रममा सहभागी भई नयाँ तथा आधुनिक डिजाइनका उत्पादन अल्ट्रोज, एच फाइभ, नेक्सन, नेक्सन इभी, टियागो, टिगोरलगायत गाडी अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन् । 

 

एक्सचेन्ज क्याम्प अवधिभर जुनसुकै ब्रान्डका गाडीसँग टाटाका गाडी एक्सचेन्ज गर्दा आकर्षक मूल्यांकन प्राप्त गर्न सकिनेछ । ग्राहकले आकर्षक एक्सचेन्ज बोनस, फाइनान्स सुविधा, एससेसरिज, एक वर्षको सवारी कर, प्रत्येक गाडीको मूल्यांकन र टेस्ट ड्राइभमा आकर्षक गिफ्ट ह्याम्परलगायत सुविधा पाउने कम्पनीले बताएको छ ।