close

मनकामना केबुलकारले मनायो वार्षिकोत्सव

मनकामना केबुलकारले मनायो वार्षिकोत्सव

Trulli
ADVERTISEMENT

काठमाडौं– चितवन कोई समूहअन्तर्गत मनकामना दर्शन प्रालिद्वारा सञ्चालित मनकामना केबुलकार २३ वर्ष पूरा गरी २४औँ वर्ष प्रवेश गरेको छ । ०५५ बाट नियमित सञ्चालनमा आएको केबुलकारले हालसम्म करिब १ करोड ६० लाख यात्रु तथा भक्तजनलाई सेवा उपलब्ध गराएको कम्पनीले बताएको छ ।


कम्पनीका अनुसार केबुलकार सञ्चालनपछि मनकामना क्षेत्र र यस वरपरका स्थान प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित भएका छन् । हाल मनकामना केबुलकार विश्वप्रसिद्ध अस्ट्रियाको डोप्पेलमेयर कम्पनीको प्रविधिबाट सञ्चालन हुँदै आएका छन् ।


कम्पनीले प्रविधि पुरानो हुँदै गएको र नवीनतम् प्रविधि विकास भइरहेकाले आव ०७८/७९ बाट केबुलकार प्रविधिको स्तरोन्नति गरिने भएको छ । कम्पनीका अनुसार हाल रहेको एनालग सिस्टमलाई डिजिटल प्रविधिमा तीन चरणमा स्तरोन्नति गरिनेछ । कम्पनीले आव आगामी दुई वर्षभित्र स्तरोन्नतिका सबै काम सक्ने लक्ष्य रहेको जानकारी दिएको छ । 


स्तरोन्नतिरमा डीसी ड्राइभ सिस्टमलाई एसी ड्राइभमा, कन्ट्रोल सिस्टमलाई एनलगबाट डिजिटल सिस्टममा परिणत गरिनुका साथै केबुलकारको लठ्ठा, कम्युनिकेसन्स् केबुल, ग्रिपजस्ता महत्वपूर्ण सामान पुनः स्तरोन्नति गरिनेछ । त्यसका लागि करिब ३० करोड रुपैयाँ लागत अनुमान गरिएको कम्पनीले बताएको छ ।