close

टेलिकमले कमायो १ अर्ब १३ करोड

टेलिकमले कमायो १ अर्ब १३ करोड

Trulli
ADVERTISEMENT

काठमाडौं– सरकारी स्वामित्वको नेपाल टेलिकमले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब १३ करोड रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको तुलनामा आय १ अर्ब रुपैयाँले बढेको हो । अघिल्लो वर्षको पहिलो त्रैमासमा टेलिकमले ८ अर्ब ६३ करोड रुपैयाँ आम्दानी गरेको थियो ।  यो वर्षको पहिलो त्रैमासमा ९ अर्ब ७७ करोड रुपैयाँ पुगेको हो । 


कम्पनीको गत आर्थिक वर्षको पहिलो त्रैमासमा १० अर्ब १० करोड कुल आय थियो, जुन ८४ करोडले बढेर यो वर्षको पहिलो त्रैमासमा १० अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । 


यस अवधिमा कम्पनीको खुद मुनाफा ७४ करोड रुपैयाँले बढेको छ । गत वर्षको पहिलो त्रैमासमा कम्पनीले १ अर्ब ५१ करोड मुनाफा आर्जन गरेको थियो । यो वर्ष कम्पनीले २ अर्ब २५ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ ।