close

यामाहा नेपालको स्कुटर  र्‍याली

यामाहा नेपालको स्कुटर  र्‍याली

Trulli
ADVERTISEMENT

काठमाडौं– यामाहा रेजेडआर स्कुटरको माइलेजबारे ग्राहकलाई जानकारी गराउने उद्देश्यले एमएडब्लुले स्कुटरको र्‍याली शुक्रबार सम्पन्न गरेको छ । बल्खुदेखि लाकुरीभञ्ज्याङसम्मको दौड यामाहा सोरुम बल्खुबाट सुरु भएको थियो ।


सबै रेजेडआर १२५ एफआई चालक सम्मिलित र्‍याली यामाहा सोरुम बल्खुमा बिहान ९ बजे र्‍याली सुरु भएको थियो । बल्खुदेखि लाकुरीभञ्ज्याङसम्मको ट्रेलको कुल दूरी करिब १६ किलोमिटर थियो ।


यस पटकको ¥यालीको विजेता प्रतिलिटर ६१.४२ किलोमिटरका साथ उज्वला घिमिरे बनिन् । त्यसैगरी प्रतिलिटर ५८.९६ किमिका साथ सुमन महर्जन दोस्रो भए । सुनील लम्साल प्रतिलिटर ५७.६ किमिका साथ तेस्रो भए ।


यामाहाको रेजेडआर १२५ एफआई विशेषगरी इन्धन बचतलाई प्राथमिकतामा राखेर बनाइएको स्कुटर हो । बजारमा प्रतिलिटर ५८ किलोमिटरसम्म उच्चतम माइलेज प्रदान गर्ने यो स्कुटर एयरकुल्ड, फ्युल–इन्जेक्टेड, १२५ सीसी ब्लू कोर इन्जिनका साथ माइलेजमा थप सुधार र शक्तिशाली बनाइएको छ ।


‘नेपालका अटोमोबाइल कम्पनीले आफ्नो बाइक वा स्कुटरको माइलेज लिखित रूपमा मात्र दाबी गर्छन् । तर, यामाहाका लागि एमएडब्लु इन्टरप्राइजले त्यो प्रवृत्तिलाई परिवर्तन गरेको छ । यो माइलेज प्रतियोगितासँगै ग्राहक रेजेडआर १२५ एफआईको टप माइलेजबारे अझ परिचित हुनेछन् ।

 

यो प्रतियोगिताले यस स्कुटरलाई बजारमा पहिचान बनाउन थप मद्दत गर्नेछ’, एमएडब्लु इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले भने । बाइक इन्डिया अवार्डले भर्खरै यामाहा नेपाललाई रेजेडआर १२५ एफआईलाई वर्षको उत्कृष्ट स्कुटर अवार्ड प्रदान गरेको छ ।