close

शैक्षिक गुणस्तर सुधार गर्न बालमैत्री विद्यालयकाे छनोट

शैक्षिक गुणस्तर सुधार गर्न बालमैत्री विद्यालयकाे छनोट

Trulli
ADVERTISEMENT

नवलपरासी- नवलपरासीको बर्दघाट नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि बालमैत्री नमुना विद्यालय कार्यक्रमअन्तर्गत विद्यालय छनोट गरेको छ ।

 

नगरपालिकाले माध्यमिक विद्यालयतर्फ राष्ट्रिय मावि जिमिरेभार र आधारभूततर्फ शिरोमणी प्रावि मौराहाटाडीलाई छनोट गरेको हो ।


कार्यक्रमअन्तर्गत शैक्षिक क्रियाकलाप सुधारेर पठनपाठन अगाडि बढाइरहेका विद्यालयलाई प्रोत्साहन गर्न यो कार्यक्रम ल्याइएको नगरप्रमुख धीरज शर्मा बस्यालले बताए ।

 

वार्षिक नगर विकास योजना २०७७/७८ मा बालमैत्री नमुना विद्यालय कार्यक्रमलाई समावेश गर्न विद्यालय छनोट गरिएको हो ।

 

‘बालमैत्री नमुना विद्यालय कार्यक्रममा भौतिक पूर्वाधारतर्फ खर्च नगरी शैक्षिक गुणस्तर सुधारमा जोड दिनुपर्ने व्यवस्था गरेका छौँ’, नगरप्रमुख बस्यालले भने ।


नगरपालिकाले बालमैत्री नमुना विद्यालय कार्यक्रम सञ्चालन गर्न इच्छुक सामुदायिक विद्यालयलाई प्रस्ताव आह्वान गरेबमोजिम बुधबार छनोटमा परेका विद्यालयलाई नगर शिक्षा अधिकारी इन्द्रबहादुर कुँवरले जानकारी पत्र हस्तान्तरण गरेका हुन् ।


राष्ट्रिय मावि विद्यालयबाट प्रधानाध्यापक शेषकान्त पौडेलले पत्र ग्रहण गरे । बालमैत्री नमुना विद्यालयको रूपमा छनोट भएका विद्यालयले नगरपालिकाले अगाडि सारेका कार्यक्रमलाई सफल बनाउनुपर्ने प्रावधान छ ।