close

भक्तपुरको विद्यार्थी निकेतन माविमा फेला परे पुरातात्त्विक अवशेष

भक्तपुरको विद्यार्थी निकेतन माविमा फेला परे पुरातात्त्विक अवशेष

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुरको निकेतन माध्यमिक विद्यालय प्रांगणमा पुरातात्त्विक भवनका अवशेष भेटिएका छन् । विद्यालयमा पानीट्यांकी खन्ने क्रममा ती सामग्री फेला परेका हुन् । 


नगरपालिकाका अनुसार हालको जमिनको सतहबाट साढे ६ फिटमुनि टेपु ल्होँ, टेलीय इँटा, फ अप्पा, दाची अप्पाले बनाइएको पेटीलगायत पुरातात्त्विक भवनका अवशेष भेटिएका छन् । 


नगरप्रमुख सोही क्रममा पालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले बुधाबार उक्त क्षेत्रको स्थलगत निरीक्षण गरे । नगर प्रमुख प्रजापतिले विद्यार्थी निकेतन माविका प्रअ सर्जनी जोशीसँग भेट गरी नगरपालिकाले त्यहाँ भेटिएका पुरातात्त्विक अवशेषको विस्तृत अध्ययन गर्ने बताए । उनले हाललाई उक्त निर्माण कार्य अगाडि नबढाउन निर्देशन दिए ।