close

कानुनका विद्यार्थीसँग उदयपुर जिल्ला अदालतको अन्तरक्रिया

कानुनका विद्यार्थीसँग उदयपुर जिल्ला अदालतको अन्तरक्रिया

Trulli
ADVERTISEMENT

उदयपुर– उदयपुरको बेलका नगरपालिकास्थित सामुदायिक विद्यालयमा अध्ययनरत कानुनका विद्यार्थीलाई उदयपुर जिल्ला अदालतले अदालती प्रक्रिया र कानुनबारे छलफल चलाएको छ ।

 

कोशी जनता माध्यमिक विद्यालय बेलकामा कानुन विषय लिई अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीसँग जिल्ला अदालतले अन्तरक्रिया गरेको हो । उदयपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश दीपक खनालको प्रमुख आतिथ्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको जिल्ला अदालतले जनाएको छ । जिल्ला न्यायाधीश खनाल र स्रेस्तेदार धनबहादुर कार्कीले न्याय र न्यायिक प्रक्रियाबारे प्रकाश पारे ।

 

कार्यक्रममा मुलुकी देवानी र अपराध संहिता कार्यविधि, अदालतको क्षेत्राधिकार, न्यायको प्रक्रिया र अन्याय परे उजुरी गर्ने प्रक्रियाबारे विद्यार्थीलाई जानकारी दिइएको थियो । अदातलले प्रदान गर्ने सेवाबारे जनस्तरमा रहेको भ्रम हटाउन कार्यक्रम गरिएको हो ।

 

अदालतले सेवाग्राहीलाई कसरी छिटो–छरितो, सहज, सस्तो र गुणस्तरीय सेवा दिन सकिन्छ भनेर सरोकारवालासँग नियमित अन्तरक्रिया कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा जिल्ला न्यायाधीस खनाल, स्रेस्तेदार धनबहादुर कार्की, बेलका नगरपालिकाका उपप्रमुख राजकुमारी चौधरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बस्नेतलगायत उपस्थित थिए ।