close

सरकारी तलब स्केलमा गाउँपालिकाले थप्याे मासिक सात हजार

सरकारी तलब स्केलमा गाउँपालिकाले थप्याे मासिक सात हजार

Trulli
ADVERTISEMENT

रुपन्देही - मायादेवी गाउँपालिकाले  शिक्षक तथा कर्मचारीको तलब भत्ताको लागि करिब २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । बाल विकास सहजकर्ता, शिक्षक तथा विद्यालयको कर्मचारीको तलब भत्ताको लागि गाउँपालिकाले सो रकम विनियोजन गरेको हो । 

गाउँपालिकाको शिक्षा शाखा अधिकृत नारायणप्रसाद लामिछानेका अनुसार बाल विकास केन्द्रका सहजकर्ता तथा विद्यालय कर्मचारीलाई सरकारले दिनेभन्दा पाँच हजारदेखि सात हजार रुपैयाँ थप गरेर पारिश्रमिक दिँदै आएको छ । साथै पालिकाको आन्तरिक शिक्षकको मासिक तलबका लागि सो बजेट विनियोजन गरेको उनले सुनाए । गाउँपालिकाभित्र ३९ जना बाल विकास सहजकर्ता र २० जना कर्मचारी कार्यरत रहेको उनले पालिकाखबरलाई सुनाए । 

गाउँपालिकाले चालु आवमा दुई करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । तलब भत्ताबाट बाँकी रहेको रकमबाट स्थानीय पाठ्यपुस्तक निर्माण तथा नियमित कार्यक्रम सञ्चालन गरिने उनले सुनाए । उनका अनुसार गाउँपालिकामा २० वटा सामुदायिक विद्यालय र ८ वटा मदरसा सञ्चालनमा रहेका छन् ।