close

७० जना शिक्षक बराबर सात हजार विद्यार्थी

७० जना शिक्षक बराबर सात हजार विद्यार्थी

Trulli
ADVERTISEMENT

सप्तरी– राजगढ गाउँपालिकाको विद्यालयमा दरबन्दिअनुसारको शिक्षकको अभाव छ । गाउँपालिकाको सबै तहका विद्यालयमा विषयगत शिक्षकको अभाव भएको हो । 

गाउँपालिकाका विद्यालयमा अंग्रेजी, गणित, विज्ञान र नेपाली शिक्षकको अभाव रहेको गाउँपालिकाको शिक्षा शाखा प्रमुख राम भगत मंडल बताउँछन् । उनको अनुसार पालिकाका कुनै विद्यालयमा पनि आवश्यकता अनुसार शिक्षकहरु छैनन् । शिक्षकको दरबन्दी बनाएर संघ सरकारसँग माग गरिएको छ ।

गाउँपालिकाभित्र २९ वटा विद्यालय रहेको शाखा प्रमुख मंडलले पालिकाखबरलाई बताए । सो मध्ये गाउँपालिकामा १९ वटा सामूदायिक विद्यालय छन् । उनले भने, ‘गाउँपालिकाभर स्थायी शिक्षक ७० जना छन् ।’ ती शिक्षकले सात हजार भन्दा धेरै विद्यार्थीलाई पढाउनुपर्ने बाध्यता रहेको उनले सुनाए । पालिकामा तीनवटा आधारभुत विद्यालयमा शुन्य दरबन्दी छन् । 

केही विद्यालयले आफ्नै निजी शिक्षक राखेर पठनपाठन गराएका छन् । केही विद्यालयमा स्वयंसेवक शिक्षक राखिएको उनले बताए । गाउँपालिकाबाट हालसम्म शिक्षकको व्यवस्थापन नभएको उनको भनाइ छ । ‘कसरी शिक्षकको व्यवस्थापन गर्न सकिन्छ भनेर छलफल गरिरहेका छाैँ,’ उनले भने ।