close

३०० जनालाई रोजगारी दिँदै लक्ष्मीनिया

३०० जनालाई रोजगारी दिँदै लक्ष्मीनिया

Trulli
ADVERTISEMENT

धनुषा - लक्ष्मीनिया गाउँपालिकाले चालू आर्थिक वर्ष २०८०/०८१ मा करिब ३०० जना युवालाई रोजगारी दिदै आएको छ । गाउँपालिकाले चालू आवमा प्रधानमन्त्री रोजगारी कार्यक्रममार्फत रोजगारी दिदै आएको छ । 

गाउँपालिकाको रोजगार संयोजक रवि साहका अनुसार सो कार्यक्रमका लागि चालू आवमा संघीय सरकारबाट ४८ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । सो कार्यक्रम हाल सञ्चालन हुँदै आएको उनले पालिकाखबरलाई बताए । कार्यक्रममार्फत करिब ३०० जनालाई १०० दिने रोजगारी दिने उनको भनाइ छ । 

उनका अनुसार सो कार्यक्रममार्फत ९ वटा सामुदायिक विद्यालयमा गार्डेन निर्माण, सिँचाइ कुलो निर्माण, सडक निर्माण तथा मर्मत कार्य भइरहेको छ । गत आवमा सोही कार्यक्रममार्फत् ९ वटा विद्यालयमा गार्डेन निर्माण गरिएको उनले बताए । 

कार्यक्रमको लागि गाउँपालिकामा ६०० जना युवा सूचीकृत भएको र आवश्यकताको आधारमा ३००  जनालाई रोजगारी दिएको उनले सुनाए ।