close

कोरोना संक्रमण भएपछि पालिका र अस्पतालको सेवा बन्द

कोरोना संक्रमण भएपछि पालिका र अस्पतालको सेवा बन्द

Trulli
ADVERTISEMENT

पाल्पा- जनप्रतिनिधि र कर्मचारीहरूमा कोरोना पुष्टि भएपछि निस्दी गाउँपालिका र स्वास्थ्यकर्मी संक्रमित भएपछि रामपुर नगरपालिकाले पालिका क्षेत्रमा सिल गरेका छन् । 


निस्दी गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृतसहित जनप्रतिनिधि, कर्मचारी र समुदायका व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिका सिल गरिएको हो । पाल्पा अस्पतालको प्रयोगशालामा ५० जनाको स्वाब परीक्षण गरिएकामा गाउँपालिकाका १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 


    
निस्दी गाउँपालिकाले २४ असोज रातीदेखि १ कात्तिकसम्म पालिकाको कार्यालय सिल गरी स्वास्थ्य सेवाबाहेकका सम्पूर्ण कामकाज बन्द गरेको हो । वडा कार्यालयहरू, शैक्षिक संस्थाहरू, बैंक तथा वित्तीय संस्थाहरू, गैरसरकारी संघसंस्थाहरू, होटल व्यवसायसहित निजी तथा सार्वजनिक सवारी साधनहरूसमेत पूर्ण रूपमा बन्द गरेको छ । 


    

रामपुर अस्पताल र स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी र समुदाय स्तरमा कोरोना संक्रमण देखिएपछि रामपुर नगरपालिकाले पालिका क्षेत्र सिल गरेको छ । पालिकाभित्रका बजार, शैक्षिक संस्था, सार्वजनिक यातायात र बैंक तथा वित्तीय संस्थाहरू २४ असोज रातीदेखि ३० असोजसम्म बन्द गर्ने निर्णय गरेको छ । 

 

अस्पताल र कार्यालयका अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण सेवाहरू बन्द गरेको रामपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम आचार्यले बताए । २७ जना चिकित्सक, नर्स, रामपुर नगरपालिकाका कर्मचारी र मालपोत कार्यालयका कर्मचारीसहित सात जना समुदायस्तरमा कोरोना पुष्टि भएको हो । स्वास्थ्य अवस्था सामान्य भएकाले उनीहरू होम आइसोलेसनमा रहेको रामपुर नगरपालिकाले जनाएको छ ।