close

गुलरियाबाहेक बर्दियाका सबै पालिकाले बनाए कोभिड अस्पताल

गुलरियाबाहेक बर्दियाका सबै पालिकाले बनाए कोभिड अस्पताल

Trulli
ADVERTISEMENT

बर्दिया-  बर्दियाको गेरुवा गाउँपालिकामा अस्थायी कोभिड–१९ अस्पताल निर्माण गरिएको छ ।

कोरोना भाइरसबाट सङ्क्रमितहरुको उपचार गर्नका लागि गाउँपालिकाले वडा नम्बर २ सिंघाईमा १० शैयाको कोरोना (कोभिड–१९) अस्पताल निर्माण गरिएको हो ।

 

स्वास्थ्य मन्त्रालयले देशभर रहेका सबै स्थानीय तहहरुमा कोभिड–१९ कोरोना अस्पताल बनाउनका लागि बजेट विनियोजन गरेपछि गेरुवा गाउँपालिकाले अस्पतालको निर्माण गरेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण भण्डारीले जानकारी दिए । अस्पतालमा अक्सिजनसहितको औषधिकोसमेत व्यवस्था गरिएको छ । अस्पतालमा गाउँपालिकाले एक जना डाक्टर, दुई जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगी भर्ना गरेको छ ।

 

सङ्घीय सरकारले अस्पताल नभएका बर्दियाका सात वटा स्थानीय तहमा अस्थायी कोभिड अस्पताल निर्माणका लागि १० लाख रुपैयाँका दरले बजेट पठाइसकेको छ । बर्दिया जिल्लाका आठ वटा स्थानीय तहमध्ये सात वटा स्थानीय तहमा पाँच शैयाका अस्थायी कोभिड अस्पताल निर्माणका लागि संघीय सरकारले बजेट पठाएको स्वास्थ्य कार्यालयका बर्दिया जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीले जानकारी दिए ।


जिल्लाको गुलरिया नगरपालिकाबाहेक सबै स्थानीय तहमा अस्थायी कोभिड अस्पताल निर्माण हुने स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ । यसअघि ठाकुरबावा नगरपालिकामा अस्थायी कोभिड अस्पताल सञ्चालनमा आइसकेको छ ।

 

अस्थायी कोभिड अस्पातल सञ्चालनका लागि आएको १० लाख रुपैयाँ बजेटमध्ये स्थानीय तहले पाँच लाखलगायतका सामग्री खरिदमा खर्च गर्नुपर्नेछ भने ५० हजार रुपैयाँ बराबरको औषधि खरिद गर्नुपर्नेछ । यस्तै, चार लाख ५० हजार रुपैयाँ जनशक्ति परिचालनमा खर्च गर्नुपर्नेछ । यी अस्पताल तीन महिनाका लागि सञ्चालन गर्नुपर्ने भएकाले स्थानीय तहमै भएका स्वास्थ्य संस्थामा यी अस्पताल सञ्चालन गर्नुपर्ने बताइएको छ ।