close

रौतहटका पाँच पालिकामा अस्पताल शिलान्यास, एउटामा हुन सकेन

रौतहटका पाँच पालिकामा अस्पताल शिलान्यास, एउटामा हुन सकेन

Trulli
ADVERTISEMENT

रौतहट- रौतहटका पाँच स्थानीय तहमा एकैसाथ पाँच अस्पतालको शिलान्यास भएको छ । ती तहले एकैसाथ ५, १० र १५ शय्याका आधारभूत अस्पताल शिलान्यास गरेका हुन् । एउटा स्थानीय तहमा विवादका कारण अस्पताल शिलान्यास हुन सकेन ।


रौतहटको मौलापुर नगरपालिकामा मौलापुर स्वास्थ्य चौकी, कटहरिया नगरपालिकामा कटहरिया स्वास्थ्य चौकी, गरुडा नगरपालिकामा शिवनगर स्वास्थ्य चौकी, माधवनारायण नगरपालिकामा खेसरहिया स्वास्थ्य चौकी तथा परोहा नगरपालिकामा लौकाहा स्वास्थ्य चौकीको शिलान्यास भएको हो ।


जग्गा प्राप्तिमा विवाद उत्पन्न भएपछि राजदेवी नगरपालिकाको मुडवलवा स्वास्थ्य चौकीको भने शिलान्यास हुन सकेन । मौलापुर, कटहरिया, खेसरहिया, मुडवलवा स्वास्थ्य चौकीमा १५ शय्या र शिवनगर अनि लौकाहा स्वास्थ्य चौकीमा १० शय्याका अस्पताल निर्माण हुनेछन् ।


भवन शिलान्यास गर्दै मौलापुर नगरप्रमुख रीनाकुमारी साहले अस्पताल तोकिएको समय दुई वर्षमै निर्माण सम्पन्न गराएर संचालनमा ल्याउने बताइन् ।


प्रदेश २ कै एक मात्र महिला स्थानीय तह प्रमुख रहेकी नगरप्रमुख साहले उक्त अस्पताल निर्माण भएसँगै मौलापुरसहित आसपास अन्य स्थानीय तहका नागरिकसमेतले सुविधा पाउने जानकारी दिइन् ।


ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित सोमबार सरकारले सातै प्रदेशमा एकै पटक ३९६ आधारभूत अस्पताल शिलान्यास गर्ने योजना अगाडि सारेको थियो ।