close

मुस्ताङको थासाङमा पनि बन्यो कोरोना अस्पताल

मुस्ताङको थासाङमा पनि बन्यो कोरोना अस्पताल

Trulli
ADVERTISEMENT

मुस्ताङ– दुर्गम हिमाली जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–३ लेतेमा सोमबार ५ बेडको अस्थायी कोभिड अस्पताल उद्घाटन भएको छ ।

 

सरकारले कोरोना सक्रमित व्यत्तिको उपचार गर्न स्थानीय तहमा पाँच बेडको कोभिड अस्पताल बनाउने निर्णय गरेपछि अस्पताल स्थापना भएको प्रमुख प्रशासीकय अधिकृत सन्तोष कुमार खत्रीले जानकारी दिए ।


उनका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकासा गरेको बजेटबाट कोभिड अस्पतालका लागि चाहिने आवश्यक बेड, स्वास्थ सामाग्री, औषधि खरिद र स्वास्थ्य जनशक्तिमा खर्च गरिने भएको छ । स्वास्थ मन्त्रालयको निर्देशिका बमोजिम स्थानीय तहमा सञ्चालनमा आउने अस्थायी कोभिड अस्पतालमा एक जना मेडिकल अफिसर, २ जना स्टाफ नर्स र १ जना कार्यालय सहयोगी गरी चार जना जनशक्तिको व्यवस्था गरिएको उनले जानकारी दिए ।


संघीय सांसद प्रेम प्रसाद तुलाचनले अस्पताल उद्घाटन गर्दै स्थानीय जनताले गाउँमै स्वास्थ्य सेवा पाएको भन्दै खुसी व्यक्त गरे । सो अवसरमा थासाङ गाउापालिकाका अध्यक्ष बुद्दीप्रसाद शेरचनले कोरोना रोकथाम तथा उपचार ब्यवस्थापनमा सरकारले महत्वपूर्ण भूमिका खेलेको बताए ।


यस्तै मुस्ताङको लोमान्थाङ ,वारागुङ मुत्तिक्षेत्र र लोघेकर दामोदरकुण्ड गाउँपालिकाले पनि अस्थायी कोभिड अस्पताल बनाउने तयारी थालेको छ । मुस्ताङमा हालसम्म २६ जना कोरोना संक्रमित मध्ये २१ जना निको भएका छन् ।