close

स्वास्थ्य सेवामा जोडिए सभापोखरीका ११ हजार नागरिक 

स्वास्थ्य सेवामा जोडिए सभापोखरीका ११ हजार नागरिक 

Trulli
ADVERTISEMENT

संखुवासभा- संखुवासभाको सभापोखरी गाउँपालिकामा ५ बेडको आधारभूत अस्पताल शिलान्यास भएको छ । ग्रामिण भेगसम्म स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने उद्देश्य अनुसार आधारभूत अस्पताल निर्माण थालिएको हो । केन्द्रिय सरकारले ग्रामिण भेगसम्म स्वास्थ्य सेवाको पूर्वाधार पुर्‍याउन देशभर अस्पताल निर्माण कार्य तिब्र बनाएको छ । 


शनिबार एक कार्यक्रमका बीच सभापोखरी गाउँपालिका-२ बगैचामा ५ वेड क्षमताको आधारभूत अस्पताल शिलान्यास भएको हो । अस्पताल शिलान्यास गर्दे गाउँपालिका अध्यक्ष रत्न सुब्वाले पालिकाका नागरिकले स्वास्थ्य सेवा लिन घण्टौं लगाएर सदरमुकाम जानु पर्ने बाध्यता चाडैं हट्ने बताए ।


अध्यक्ष सुब्वाले आफ्नै गाउँमा अस्पताल भनेपछि गाउँपालिका भित्रका नागरिकले सदरमुकाम खाँदबारी र अन्य जिल्ला जानुपर्ने बाध्यता हट्ने विश्वास व्यक्त गरे । 


गाँउमै अस्पताल भने पछि घण्टौं लगाएर डोकामा बोकेर सदरमुकाम जानुपर्ने बाध्यता हट्ने उपाध्यक्ष सीता दाहालले बताइन् । उनले केन्द्रिय सरकारको नीतिअनुसार गत १५ मंसिरमा शिलान्यास हुनुपर्ने भएपनि प्राविधिक कारणले सभापोखरीमा अस्पताल शिलान्यास गर्न ढिला भएको बताइन् । 


अस्पताल बाट ११ हजार भन्दा बढी नागरिकले प्रत्यक्ष लाभ लिन सक्ने उपाध्यक्ष दाहालको भनाइ छ । गाउँमै सुविधा सम्पन्न अस्पताल बन्ने भएपछि स्थानीयले खुसी व्यक्त गरे । 


सुविधा सम्पन्न अस्पताल नहुदाँ निजी स्वास्थ्य संस्था तथा सदरमुकाम खाँदबारी आउनुपर्ने बाध्यता थियो । सभापोखरीमा ७ करोड ११ लाख ९८ हजार लागतमा भवन निर्माण हुने छ । संखुवासभा खाँदबारी, पाँचखपन, धर्मदेवी, चैनपुर नगरपालिका र चिचिला गाउँपालिकामा पनि अस्पताल शिलान्यास भइसकेका छन् ।