close

संखुवासभामा पनि सुरु भयाे कोरोनाविरुद्धको खोप अभियान 

संखुवासभामा पनि सुरु भयाे कोरोनाविरुद्धको खोप अभियान 

Trulli
ADVERTISEMENT

संखुवासभा- संखुवासभामा कोरोना भाइरसविरुद्ध खोप अभियान औपचारिक रूपमा सुरु भएको छ । जिल्ला अस्पताल खाँदबारीका निमित्त प्रमुख डा. सुन्दर श्याम झाले पहिलो खोप लगाएर अभियान सुरु भएको हो ।

 

जिल्ला अस्पताल परिसरको खोप केन्द्रबाट निमित्त प्रमुख झाले खोप लगाएर अभियान सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रवक्ता रोशन श्रेष्ठले जानकारी दिए । 


संखुवासभामा पहिलो चरणको खोप चिकित्सक, नर्स तथा फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, शव व्यवस्थापन गर्ने व्यक्ति, एम्बुलेन्स चालक, सफाइकर्मीलाई लगाइनेछ । पहिलो दिनको खोप स्वास्थ्यकर्मीलाई मात्रै लगाइएको छ, जसमा १४ पुरुष र ५ महिला स्वास्थ्यकर्मी छन् ।

 

१५ माघबाट सुरु भएको खोप कार्यक्रम २२ माघसम्म सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ । खोपका लागि संखुवासभामा २१ सय ३० कोभिल्स डोज उपलब्ध छ । 


पहिलो चरणका जिल्लाभरका १० वटै स्थानीय तहका स्वास्थ्यकर्मीलाई लगाइने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।