close

कोरोना त्रासले भारतबाट फर्किनेको लर्को 

सीमामा हेल्थ डेस्क, धनगढीमा सतर्कता !

कोरोना त्रासले भारतबाट फर्किनेको लर्को 

सीमामा हेल्थ डेस्क, धनगढीमा सतर्कता !

Trulli
ADVERTISEMENT

धनगढी- कैलालीको गौरीगंगाका वीरेन्द्र थापा रोजगारीका लागि भारत पसेको ४ महिनामै घर फर्किए । भारतको एउटा होटलमा कार्यरत उनी त्यहाँ कोरोनाको संक्रमण बढ्न थालेपछि घर फर्किएको बताउँछन् । ‘भारतमा कोरोना ह्वात्तै बढेको छ,’ उनले भने, ‘फेरि लकडाउन हुने हल्ला छ, त्यसैले हामी घर फर्किएका हौँ ।’


कोरोनाको डरले गत चैतमा मात्रै घर फर्किएका उनी मंसिरमा पुनः रोजगारीका लागि भारत गएका थिए । ‘असारमा घर फर्किने बेला १ महिनासम्म भारतको पलियामा थुनिएको थिएँ,’ उनले भने, ‘त्यसैले अहिले समयमै घर फर्किएको हुँ ।’


भारतमा कोरोना संक्रमण बढ्दै गएपछि उनी मात्रै हैन, कैलालीको गौरीफन्टा नाका हुँदै दैनिक सयौँ नेपाली घर फर्किएका छन् । सुदूरपश्चिममा कोरोना जोखिम बढ्न नदिन कैलाली र कञ्चनपुरको सीमा नाकामा प्रदेश सरकारले हेल्थ डेस्क स्थापना गरेको छ । 


सुदूरपश्चिममा संक्रमण फैलिन नदिन हेल्थ डेस्क स्थापना गरेका हौँ,’ सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले भने, ‘हेल्थ डेस्कमार्फत भारतबाट फर्किने नेपालीको एन्टिजेन परीक्षण गरिरहेका छौँ ।’


धनगढीमा सतर्कता


गर्मी बढेसँगै फेरि कोरोना भाइरस सक्रिय बन्न थालेपछि धनगढी उपमहानगरले स्वास्थ्य सुरक्षा सतर्कता बढाउन आग्रह गरेको छ । उपमहानगरले भारतमा कोरोना भाइरस संक्रमण बढ्दो क्रममा रहेकाले उताबाट यहाँ आउनेका कारण संक्रमण फैलिन सक्दै भन्दै सचेत हुन आग्रह गरेको हो ।

 

उपमहानगरले संक्रमण बढ्न सक्ने भएकाले भीडभाडमा जाँदा अनिवार्य सामाजिक भौतिक दूरी कायम गर्न, मास्कको अनिवार्य प्रयोग तथा साबुन पानीले राम्रोसँग हात धुन, स्यानिटाइजरको प्रयोग गर्न आग्रह गरेको छ ।