close

कालीकोट जिल्लामै मात्र ४३ क्षयरोगी

कालीकोट जिल्लामै मात्र ४३ क्षयरोगी

Trulli
ADVERTISEMENT

कालीकोट- कालीकोटमा क्षय रोगी घट्दै गइरहेको तथ्यांक सार्वजनिक भएको छ । विश्व क्षयरोग दिवस अवसरमा कालीकोट सदरमुकाम मान्ममा आयोजित क्षयरोगसम्बन्धी सञ्चारकर्मीसँगको साक्षात्कारमा स्वास्थ्य सेवा कार्यालयले यसबारे जानकारी गराएको हो ।

 

२ वर्षअघि १ सय ३५ जना क्षय रोगीका बिरामी रहेको कालीकोटमा घटेर अहिले ४३ जना मात्र पुगेको स्वास्थ्य सेवा कार्यालयको तथ्यांकमा उल्लेख छ ।

 

४३ जना क्षय रोगका बिरामीले हाल औषधी खाइरहेको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक कटक महतले जानकारी दिए । उनका अनुसार क्षय रोगका बिरामीमा सबैभन्दा बढी बालबालिका छन् ।

 

कोभिड-१९ का कारण केही समयदेखि क्षय रोगको परीक्षण हुन नसकेको उनले बताए । सामान्य औषधोपचार जिल्लामा हुने भए पनि जटिल खाले क्षय रोगको परीक्षणका लागि मेसिन ल्याउने तयारी छ । हाल क्षय रोगीको एकिन पहिचान परीक्षण सुर्खेतबाट भइरहेको छ ।

 

महतले भने, ‘अहिले कालीकोटमा ९६ प्रतिशत क्षय रोगीका बिरामी निको भइसकेका छन् । गाउँमै पुगेर यसको परीक्षण तयारी थालेका छौँ ।’

 

जिल्लामा १५ देखि ३४ वर्ष उमेरसम्मका व्यक्ति क्षयरोगी बढी भेटिएको उनले बताए । कालीकोटका ३ ठाउँमा क्षय रोग उपचारका लागि डट्स केन्द्र सञ्चालनमा छन् । 

 

समुदायमा रहेका क्षयरोगी पत्ता लगाउन कालीकोटका स्वास्थ्य संस्थाबाट खकार जाँचका लागि व्यवस्था गरिएको छ ।

 

सरकारले क्षयरोग लागेका बिरामीको प्रत्येक स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा निःशुल्क उपचारको व्यवस्था मिलाएको छ । तर, सबै क्षयरोगी अझै बाहिर खुलेर आउन नसकेको स्वास्थ्य सेवा कार्यालयका डा. विज्ञान प्रजापतिले बताए ।

 

‘क्षयरोग सामान्य भए पनि यसको उपचारमा ढिलाइ गरिए मानिसको ज्यानसमेत जाने सम्भावना बढी हुन्छ’, डा. प्रजापतिले भने ।