close

नवदुर्गामा डाक्टरसहितको स्वास्थ्य सेवा 

नवदुर्गामा डाक्टरसहितको स्वास्थ्य सेवा 

Trulli
ADVERTISEMENT

डडेल्धुरा– डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नम्बर ३ डाडाँवनमा डाक्टरसहितको चिकित्सकीय सेवा सुरु भएको छ । गाउँपालिका अध्यक्ष कवीन्द्र विष्टले डाक्टरसहितको सेवा सुरु गरेका हुन् ।


डाक्टरसहितको सेवापछि बिरामीलाई सहज हुने गाउँपालिका अध्यक्ष विष्टले बताए । उनले गन्यापधुराबासीले यसबाट सेवा लिन सक्ने जानकारी गराए ।

 

नवदुर्गा स्वास्थ्य चौकीबाट अब एमबीबीएस डा. प्रभाकर यादवले बिरामीको चेकजाँच गर्ने गाउँपालिकाका स्वास्थ्य शाखा उपसंयोजक दीपेन्द्र विष्टले बताए ।

 

उनका अनुसार गाउँपालिकामा पहिलो पटक एमबीबीएस डाक्टरबाट नागरिकले स्वास्थ्य सेवा लिन सक्नेछन् । स्वास्थ्य चौकीबाट भिडियो एक्सरे, प्रयोगशाला जाँच र एक्सरेलगायत सेवा प्रदान गरिनेछ ।

 

गाउँपालिकाले नवदुर्गामा १५ शय्याको अस्पताल निर्माण गर्ने भएको छ । स्थानीय स्तरमै एमबीबीएस डाक्टर पाएपछि उपचारका लागि जिल्ला सदरमुकाम पुग्नुपर्ने बाध्यता हटेको छ ।