close

आइसोलेसन सञ्चालनमा ल्याउँदै कटारी 

आइसोलेसन सञ्चालनमा ल्याउँदै कटारी 

Trulli
ADVERTISEMENT

उदयपुर(कटारी)- उदयपुरको कटारी नगरपालिकाले वडा नम्बर ३ स्थित आइसोलेसन केन्द्रलाई सञ्चालनमा ल्याउने भएको छ ।

 

नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठको अध्यक्षतामा सरोकारवालासहित बसेको बैठकले अस्थायी रूपमा सञ्चालित केन्द्र मर्मत, सरसफाइ गरी जनशक्ति र उपकरणको व्यवस्थासहित सञ्चालन गर्ने भएको हो ।

 

नगरका मुख्य नाकाबाट आएका यात्रुको स्वास्थ्य अवस्था तथा न्यूनतम स्वास्थ्य मापदण्ड अपनाउन लगाउने, हेल्थ डेस्क स्थापना गरी स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको टोली खटाउने निर्णय भएको ।

 

यस्तै, अनिवार्य मास्क प्रयोग, भौतिक दूरी कायम तथा पसल तथा कार्यालयमा अनिवार्य स्यानिटाइजरको व्यवस्था गरिने भएको छ ।

 

नगरपालिकाको बैठकले अन्यत्र जोखिम क्षेत्रबाट आएकालाई होम क्वारेन्टाइनमा बसे-नबसेको सम्बन्धित वडा कार्यालय तथा उद्योग वाणिज्य संघ तथा सरोकारवालाले निगरानी गर्ने निर्णय गरेको छ ।

 

कटारीमा ६ वैशाखबाट होटल, पसल तथा व्यवसाय बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ ।

 

इलाका प्रशासन कार्यालय कटारी, इलाका प्रहरी कार्यालय कटारी, सशस्त्र प्रहरी वेस क्याम्प कटारी, वडा कार्यालयका प्रमुख तथा सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो ।