close

मध्य नेपालमा एन्टिजेन विधिबाट धमाधम परीक्षण

मध्य नेपालमा एन्टिजेन विधिबाट धमाधम परीक्षण

Trulli
ADVERTISEMENT

लमजुङ- मध्यनेपाल नगरपालिकाले एन्टिजेन विधिबाट कोरोना परीक्षण थालेको छ । नगरपालिकामा कोरोना संक्रमित बढ्दै गएपछि र पिसिआर रिपोर्ट आउन ढिला हुँदा झनै जोखिम बढ्ने देखिएकाले एन्टिजेनबाट परीक्षण थालिएको हो ।

 

नगरप्रमुख रमेशकुमार पाण्डेका अनुसार शनिबारबाट एन्टिजेन परीक्षण थालिएको हो । गाउँ-गाउँमा संक्रमित देखिएको र परीक्षणका लागि पिसिआर विधि झन्झट भएकाले एन्टिजेन विधि अपनाइएको उनले जानकारी दिए ।

 

स्वाब संकलन गरिएको १०÷१२ दिनसम्म पनि रिपोर्ट नआएपछि समुदायमा कोरोना जोखिम अझै बढेकाले एन्टिजेन मेसिन ल्याइएको हो ।

 

करिब ६०० जनाको कोरोना परीक्षण गर्न मिल्ने गरी एन्टिजेन किट ल्याइएको उनले बताए । वडा नम्बर ७ मा शनिबार २२ जनाको परीक्षण गरिएकामा २ जनामा पोजेटिभ देखिएको छ ।

 

नगरपालिकाले गाउँ-गाउँमा कोरोना संक्रमित भेटिन थालेपछि टोलमै पुगेर स्वाब संकलन अभियान थालेको थियो । 

 

स्वाब संकलन गरेको लामो समयसम्म पनि रिपोर्ट नआएपछि समुदायमा कोरोना फैलने जोखिम बढेकाले एन्जिटेनबाट परीक्षण थालिएको नगरपालिकाले जनाएको छ । 

 

कोरोना संक्रमित सम्भावित बिरामीको एन्टिजेनबाट परीक्षण गरिँदै आएको छ । कोरोना संक्रमण भए–नभएको तत्काल १५ मिनेटमा रिजल्ट आउँदा सहज हुनेछ ।

 

नगरप्रमुखलगायतको टोली संक्रमितको घर–घरमा पुगेर घरभेट थालेको छ । संक्रमितको स्वास्थ्य अवस्था जानकारी लिने र आवश्यक स्वास्थ्य सामग्री प्रदान गरिनेछ ।