close

कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु 

कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु 

Trulli
ADVERTISEMENT

रौतहट– रौतहटको गरुडा नगरपालिकाका अर्का वडाध्यक्षको पनि कोरोना संक्रमणका कारण निधन भएको छ ।


गरुडा नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष विसुनदेव सहनीको बिहीबार राती काठमाडौंको सिभिल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
 
निमोनिया र कोरोनाबाट ग्रसित वडाध्यक्ष सहनीको निधन भएको उनका छोरा मनोज सहनीले जानकारी दिए ।

 

निमोनिया र कोरोना संक्रमण पुष्टि भएपछि वडाध्यक्ष सहनीलाई सिभिल अस्पतालमा भर्ना गरिएको थियोे । ७५ वर्षीय सहनी नगरपालिकाको न्यायिक समितिका सदस्य एवं स्थानीय स्तरमा कांग्रेसका प्रभावशाली नेता मानिन्थे । यसअघि गत ४ जेठमा गरुडा नगरपालिका वडा नम्बर ७ पिपरियाका वडाध्यक्ष राम ईश्वर राय यादवको पनि उपचारकै क्रममा निधन भएको थियो ।