close

४६ वर्षमा फर्कियो खोला, मंगलसेनले पायो विशेषज्ञ चिकित्सक 

४६ वर्षमा फर्कियो खोला, मंगलसेनले पायो विशेषज्ञ चिकित्सक 

Trulli
ADVERTISEMENT

अछाम- अछामको सदरमुकाम मंगलसेनमा रहेको जिल्ला अस्पतालले स्थापनाको ४६ वर्षपछि पहिलो पटक विशेषज्ञ (एमडिजीपी) डाक्टर पाएको छ । 

 

सवैखाले रोकको उपचार गर्ने चिकित्सकलाई एमडिजीपी  भनिन्छ । यस्ता चिकित्सकलाई इमरजेन्सीमा राखिन्छ । अछाम जिल्ला अस्पतालले जिपी डाक्टर त्यसमा पनि महिलाका रुपमा पहिलो पटक डाक्टर सोनाली बास्कोटालाई पाएको हो ।

 

सरकारी कोटाबाट छात्रबृत्तिमा एमडिजिपी सकाएका डा. बास्कोटाले २ बर्षे कार्य क्षेत्रका रुपमा अछामलाई रोजेपछि अछाम जिल्ला अस्पतालले जिपी डाक्टर पाएको हो । यसअघि २०५० सालपछि जनस्वास्थ्य र अस्पताल एउटै रुपमा संचालन भएपछि त्यो समयमा छिटफुट रुपमा एकिकृत चिकित्साका रुपमा डा. आएपनि अस्पतालकै लागि भनेर जिल्ला अस्पतालले जिपी डाक्टर पाएको यो पहिलो पटक हो ।


‘२०५८ देखि ६५ सम्म एकिकृत हिसाबले चिकित्साका डाक्टर आउने जाने क्रम मात्रै भयो,’ स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकत झपट ढुंगानाले भने, ‘अस्पतालकै लागि बिशेषज्ञ डाक्टर आएको यो पहिलो घट्ना हो । २०२८ सालमा मंगलसेनको बजारमा भाडाको घरबाट हेल्थ सेन्टरको रुपमा सेवा सुरु गरेपनि २०३४ सालमा मात्रै जिल्ला अस्पतालका रुपमा परिणत भयो ।


त्यसयता अस्पतालमा मेडिकल अधिकृतका रुपमा डाक्टर अस्पतालमा आएपनि अधिकृत भन्दा माथिल्लो स्तरको डाक्टर अस्पतालले पाउन सकेको थिएन । तर २०६५ सालमा बृहत प्रसुति सेवा संचालनको लागि भने नेपाल सरकारले उपलब्ध गराएको बजेटबाट अस्पताल र व्यक्तिको सम्झौतामा करिब अढाई वर्ष डा. अर्जुन श्रेष्ठले काम गरेका स्वास्थ्य कार्यालय अछामका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाले बताए ।

 

‘त्यो बेला अस्पतालमा एउटा राम्रो टिम थियो, सेवा पनि राम्रो थियो,’ ढुंगानाले भने, ‘दिनमा ३ सय जना बिरामीले सेवा लिने गरेका थिए । डा. श्रेष्ठ गएपछि २१ दिन मात्रै जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टर फणिन्द्र दाहल मेडिकल सुपरिटेडका रुपमा रहे पनि त्यसपछि लामो समय उक्त पद रिक्त रहेको भयो ।’


१५ शय्याको स्वीकृति रहेको जिल्ला अस्पतालमा एकजना नवौं तहका विशेषज्ञ मेसु वा जिपी र एकजना मेडिकल अधिृकत हुनुपर्ने मा त्यसो हुन नसकेको स्वास्थ्य कार्यालय अछामका प्रमुख ढुंगानाले बताए । वृहत प्रसुति सेवाका लागि एडभान्स लेभलको एकजना मेडिकल अधिकृत वा जिपी हुनुपर्ने उनले बताए । 


एमडिजिपीका लागि धेरै पटक प्रयास भए अस्पताल विकास समितिले निर्णय गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पठाएको छ, संघ देखि प्रदेश सरकारलाई अनुरोध गर्नुका साथै अछामबाट प्रदेश तथा संघमा प्रतिनिधत्व गर्ने जनप्रतिनिधिले माग गरेपनि प्राप्त हुन नसकेको ढुंगानाको भनाइ छ । डा. बास्कोटासहित अहिले जिल्ला अस्पतालमा ६ जना चिकित्सक कार्यरत छन् ।