close

तुलसीपुरकाे टोलटोलमा घुम्ती स्वास्थ्य सेवा (भिडियो खबर)

तुलसीपुरकाे टोलटोलमा घुम्ती स्वास्थ्य सेवा (भिडियो खबर)

ADVERTISEMENT

दाङ- कोरोना भाइरसको महामारीविरुद्धको युद्ध जित्न एकल प्रयास मात्रै सम्भव छैन । कुनै पनि देशले महामारी एक्लै सामथ्र्यले जितेका छैनन् । अझ, महामारी रोकन आवश्यक स्वास्थ्य सामग्रीका लागि पनि दातृ संस्थाको भर पर्नुपरेको छ । नेपाल जस्तो विकासशील राष्ट्रलाई त झन् महामारी धान्न निकै धौधै परिरहेको छ । तर, स्थानीय सरकारको उपस्थिति र जनप्रतिनिधिको नागरिकप्रतिको उत्तरदायित्वले केही स्थानीय तहमा महामारीविरुद्धको युद्धमा जीत प्राप्त भएको छ ।

 

दाङमा पनि तुलसीपुर उपमहानगरपालिका आफ्नो सामर्थ्यमा कोरोना जित्न खोजिरहेको छ । तर, अन्य संघ,संस्थाले पनि हातेमालो गरिरहेका छन्  । ग्रामीण बस्ती र समुदायमा कोरोनाको संक्रमण उच्च देखिए पछि दाङमा चिकित्सक र स्वास्थकर्मी सहित गाउँगाउँमा स्वास्थ्य घुम्ती सेवा दिन थालिएको छ । कोरोनाको कहरबाट आम नागरिकलाई सुरक्षित गर्न, कोरोना रोकथाम, नियन्त्रण र उपचारको परामर्श दिन चिकित्सकीय घुम्ती सेवा दिन थालिएको हो ।  

 

स्थानीय सरकारको संलग्नतामा सामाजिक संघसस्थाले गाउँ गाउँ पुगेर घुम्ती स्वास्थ्य सेवा सञ्चालन भइरहेको छ । कोरोनाको भय त्रास र समुदायको लाजका कारण संक्रमण भएपनि लुकाउने गरेका छन् । त्यसरी महामारीसँग भयभित हुनेलाई स्वास्थ्यकर्मीहरूले परामर्श दिन थालेका छन् । त्यतिमात्र नभई प्रारम्भिक उपचार गरि अवस्था अनुसार अस्पताल सम्म पु¥याउन सहयोग र परामर्श गर्ने गरेका छन् । समुदायलाई नै महामारीको चपेटाबाट जोगाउन पालिकाको सहयोगमा विभिन्न सहयोगी हातप्रति स्थानीय पनि नतमस्तक छन् । 


स्थानीय सरकारसँगै चिकित्सक सहितको घुम्ती स्वास्थ्य सेवाको व्याकवार्ड सोसाइटी एजुकेशन बेसको सहयोग, पहल र समन्वयमा  डाक्टर राजीव झाको नेतृत्वमा ६ सदस्यीय स्वास्थकर्मीको टोली खटिएको छ । स्थानीय सरकार, जिल्ला कोरोना संकट व्यवस्थापन समितिको सहकार्य तथा समन्वयमा अभियान गाउँ सम्म पुर्‍याइएको छ । स्थानीय नागरिकको समस्यालाई सम्वोधन गर्न र उपचार तथा परामर्शको व्यवस्थापन गर्ने चिकित्सक सहितको घुम्ती टोली परिचालन गरिएको छ । 


अहिले स्थानीय सरकारलाई क्षेत्रबाट सहयोगको खाँचो छ । त्यसैले पनि विभिन्न संघ संस्थाले स्थानीय सरकारसँगको समन्वयमा घुम्ती स्वास्थ्य शिबिर गाउँमा खटाइएको छ । तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक तथा कोरोना फोकल पर्सन विमल केसीका अनुसार अहिले सहरबाट गाउँ कोरोनाको हटस्पट बनिरहेको छ । अहिले चलेको घुम्ती स्वास्थ्य सेवाले स्थानीय स्तरमा राम्रो काम गरेको दावी उपमहानगरको छ । 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि बिहीबार मात्रै गाउँगाउँमा कोरोना फैलिएको पुष्टि गरेको छ । अहिले नै निषेधाज्ञा खुकुलो बनाउनु मुर्खता हुनसक्छ भनेर विज्ञले नै सुझाव दिइरहेका छन् । यस्तो अवस्थाकाबीच अहिले स्थानीय सरकारलाई मुख्यतः सहयोगी हातको खाँचो छ । एक्लैको सामथ्र्यले महामारी नियन्त्रणमा कदापि आउन सक्दैन । त्यसैले पनि हरेक क्षेत्रले स्थानीय सरकारलाई सहयोग गर्नु टड्कारो देखिएको छ ।