close

मुगुमा खुल्यो मास्क बैंक

मुगुमा खुल्यो मास्क बैंक

Trulli
ADVERTISEMENT

मुगु– मुगुमा मास्क बैंक स्थापना गरिएको छ । लायन्स क्लव अफ मुगु राराको अगुवाइमा जिल्ला सदरमुकाम गमगढीमा कोरोना संक्रमणलाई लक्षित गदै मास्क बैंक स्थापना गरिएको हो । ‘हुनेले दिऊँ नहुनेले लिऊँ’ नारासहित स्थापना गरिएको मास्क बैंक सञ्चालन गरिएको हो ।
 

त्यसका लागि छायानाथ रारा नगरपालिका, जिल्ला स्वास्थ्य सेवा कार्यालय, छायानाथ सहकारी, मुगु उद्योग वाणिज्य संघ, एनआईसी एसिया बैंक, महाकाली नमुना माध्यमिक विद्यालय, नेपाल पत्रकार महासंघ मुगु, हाम्रो सानो प्रयास काठमाडौंलगायतले मास्क सहयोग गरेको लायन्स क्लब अफ रारा मुगुका चार्टर प्रेसिडेन्ट विनोदकुमार मल्लले जानकारी दिए । 
 

गाउँघर, बजार तथा बाटोघाटोमा बिनामास्कका नागरिकको चहलपहल बढेपछि कोरोना संक्रमणले भयावह अवस्था आउने स्थिति देखिएकाले पैसाको अभावमा मास्क प्रयोग गर्न नसकेकालाई निःशुल्क मास्क दिन र दुई पैसा भएकाहरूले मास्क दान गरुन् भन्ने उद्देश्यले बैक सञ्चालन गरेको लायन्स क्लबले जानकारी दिएको छ ।


‘पहिलो चरणमा बजार क्षेत्रमा आउने सर्वसाधारणलाई लक्षित गदै बैंक सञ्चालन गरेका छौँ । सहयोगी दाताको सहयोगको आधारमा जिल्लाका अन्य बजार क्षेत्रमा पनि बैंक स्थापना गरिनेछ’, मल्लले भने ।