close

इलाममा ५५ हजारले लगाए कोरोनाविरुद्धको खोप

इलाममा ५५ हजारले लगाए कोरोनाविरुद्धको खोप

Trulli
ADVERTISEMENT

इलाम– इलाममा ५४ हजार ९ सय ३६ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । २३ हजार ६ सय ४३ जनाले खोपको पहिलो मात्रा मात्र लगाएको इलाम स्वास्थ्य कार्यालयको तथ्यांक छ ।

 

२ लाख ३५ हजार ३ सय १८ जना नागरिक अझै खोपको प्रतक्षिामा रहेका छन् । जिल्लामा २ लाख ९० हजार २ ५४ जनसंख्या छ । अहिलेसम्म खोपको एउटै मात्रा लगाए पुग्ने जोन्सन एन्ड जोन्सन १५ हजार ५ सय ९८ जनाले लगाएका छन् ।


१५ हजार ६ सय ९५ ले कोभिसिल्ड खोप लगाइसकेका छन् । भेरोसेलको पहिलो मात्रा २३ हजार ६ सय ४३ जनाले लगाएको स्वास्थ्य कार्यालयको तथ्यांक छ । ४८ हजार ५ सय ३६ जनसंख्या भएको इलाम नगरपालिकामा १२ हजार ८ सय २३ जनाले खोप लगाएका छन् । उनीहरूमध्ये ३ हजार ५ सय ८३ जनाले जोन्सन एन्ड जोन्सन खोप लगाएका छन् । 


२ हजार ७ सय १० जनाले कोभिसिल्ड खोप लगाएको तथ्यांक छ । ६ हजार ५ सय ३० जनाले भेरोसेलको पहिलो मात्रा लगाएका छन् । ५६ हजार ६ सय ९१ जनसंख्या भएको सूर्योदय नगरपालिकामा १० हजार तीन सय ८८ जनाले खोप लगाएका छन् । उनीहरूमध्ये ३ हजार १ सय २१ ले जोन्सन एन्ड जोन्सन खोप लगाएका छन् । 


३ हजार २ सय ५ ले कोभिसिल्ड लगाएका छन् । ४ हजार ६२ जनाले भेरोसेलको पहिलो मात्रा लगाएका छन् । ३२ हजार ९ सय २७ जनसंख्या भएको देउमाई नगरपालिकामा ६ हजार १२ जनाले खोप लगाएका छन् । उनीहरूमध्ये १ हजार ७ सय २ जनाले जोन्सन एन्ड जोन्सन र १ हजार ८ सय २० जनाले कोभिसिल्ड खोप लगाएको तथ्यांक छ । 


२ हजार ४ सय ९० जनाले भेरोसेलको पहिलो मात्रा लगाएका छन् ।३४ हजार ९ सय १४ जनसंख्या भएको माई नगरपालिकामा ४ हजार ६ सय ४४ जनाले खोप लगाएका छन् ।


उनीहरूमध्ये १ हजार ३ सय ७० ले जोन्सन एन्ड जोन्सन र १ हजार ३ सय १४ जनाले कोभिसिल्ड खोप लगाएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ ।
१ हजार ९ सय ६० ले भेरोसेलको पहिलो मात्रा लगाएको तथ्यांक छ ।

 

२१ हजार ९ सय १९ जनसंख्या रहेको फाकफोकथुम गाउँपालिकामा ३ हजार ६ सय ६४ जनाले खोप लगाएका छन् । उनीहरूमध्ये ८ सय ८५ जनाले जोन्सन एन्ड जोन्सन र १ हजार १ सय ३७ जनाले कोभिसिल्ड लगाएका छन् । १ हजार ६ सय ४२ ले भेरोसेलको पहिलो मात्रा लगाएको तथ्यांक छ ।

 

२० हजार ८ सय २० जनसंख्या भएको चुलाचुली गाउँपालिकामा ४ हजार ३ सय ३० जनाले खोप लगाएका छन् । उनीहरूमध्ये १ हजार २ सय ४० ले जोन्सन एन्ड जोन्सन र १ हजार ३ सय १६ कोभिसिल्ड खोप लगाएका छन् । १ हजार ५ सय ७४ जनाले भेरोसेलको पहिलो मात्रा लगाएका छन् ।


२१ हजार ४४ जनसंख्या रहेको माई जोगमाई गाउँपालिकामा ३ हजार ८ सय २२ जनाले खोप लगाएका छन् । उनीहरूमध्ये १ हजार १ सय ३९ ले जोन्सन एन्ड जोन्सन र १ हजार १ सय ९ जनाले कोभिसिल्ड खोप लगाएका छन् । १ हजार ५ सय ७४ जनाले भेरोसेलको पहिलो मात्रा लगाएका छन् ।


१८ हजार ५ सय ३ जनसंख्या भएको माङ्सेबुङ गाउँपालिकामा २ हजार ५ सय ३९ जनाले खोप लगाएका छन् । उनीहरूमध्ये ६ सय ४५ ले जोन्सन एन्ड जोन्सन र ९ सय ९५ जनाले कोभिसिल्ड खोप लगाएका छन् ।  ८ सय ९९ जनाले भेरोसेलको पहिलो मात्रा लगाएको तथ्यांक छ ।
 

१९ हजार १ सय ३५ जनसंख्या रहेको रोङ गाउँपालिकामा ३ हजार ७ सय ६१ जनाले खोप लगाएका छन् । उनीहरूमध्ये १ हजार १४ ले जोन्सन एन्ड जोन्सन र १ हजार ८७ ले कोभिसिल्ड खोप लगाएका छन् । १ हजार ६ सय ६० ले भेरोसेलको पहिलो मात्रा लगाएका छन् । १६ हजार ६५ जनसंख्या रहेको सन्दकपुर गाउँपालिकामा ३ हजार १ सय ५३ जनाले खोप लगाएको तथ्यांक छ ।


उनीहरूमध्ये ८ सय ९९ ले जोन्सन एन्ड जोन्सन र १ हजार २ जनाले कोभिसिल्ड खोप लगाएका छन् । १ हजार २ सय ५२ भेरोसेलको पहिलो मात्रा लगाउनेको संख्या छ ।


१५ भदौदेखि चलाइँदै कोभिडविरुद्ध खोप अभियान

इलाममा १५ भदौदेखि कोभिडविरुद्धको खोपको दोस्रो मात्रा लगाइने भएको छ । कोभिसिल्ड र भेरोसेलको दोस्रो मात्रा जिल्लामा आइपुगेकाले खोप लगाइने भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

खोपको सुनिश्चित भएपछि गत फागुनमा कोभिडसिल्ड लगाउने ज्येष्ठ नागरिकले खोपको दोस्रो मात्रा लगाउन पाउनेछन् । कोभिसिल्ड लगाउनेलाई एक्स्ट्राजेनको खोप दोस्रो मात्राका रूपमा दिइने प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए ।
 

‘खोप आइपुगेको छ । चिस्याउन ७२ घन्टाको समय लाग्छ । पालिकामा पठाउन समय लाग्ने हुँदा १५ भदौबाट खोप लगाउने तयारी छ’, प्रमुख जिल्ला अधिकारी खड्काले भने, ‘नियमित खोप चलेका पालिकामा १६ भदौबाट सुरु हुनेछ । नियमित खोप नभएका पालिकामा १५ भदौबाट खोप अभियान चल्नेछ ।’
 

सबै पालिकामा पहिलो २ दिन ज्येष्ठ नागरिकका लागि एक्स्ट्राजेनको र त्यसपछि भेरोसेल खोप लगाइनेछ । अन्तिम दिन बाँकी रहेको खोप परीक्षा दिने विद्यार्थीलाई प्रवेशपत्रका आधारमा दिइनेछ । 
 

१५ भदौदेखि देउमाई र माई नगरपालिका, फाकफोकथुम, माङसेबुङसँगै चुलाचुली गाउँपालिकामा दोस्रो चरणको खोप दिइनेछ । यी पालिकामा २१ भदौदेखि बालबालिका र महिलालाई दादुरा, रुबेला, टिटीलगायत नियमित खोप कार्यक्रम सञ्चालन हुने भएकाले २० भदौसम्म कोभिडविरुद्धको खोप लगाउने योजना रहेको जिल्ला स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन विमल बरालले जानकारी दिए ।
 

बरालका अनुसार १६ भदौदेखि इलाम र सूर्योदय नगरपालिका, रोङ, माइजोगमाईसँगै सन्दकपुर गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ । जिल्लामा १५ हजार ६ सय ९५ जनाले गत फागुनमा कोभिडसिल्ड खोप लगाएर दोस्रो मात्राको पखाईमा छन् । यस्तै, गत साउनमा भेरोसेल खोप लगाउने २१ हजार ९ सय ३२ जनाले पनि दोस्रो मात्रा लगाउन पाउनेछन् ।