close

शिक्षक कोरोना संक्रमित भएपछि पाख्रिवासमा विद्यालय बन्द

शिक्षक कोरोना संक्रमित भएपछि पाख्रिवासमा विद्यालय बन्द

Trulli
ADVERTISEMENT

धनकुटा–धनकुटाको पाख्रिबास नगरपालिका वडा नम्बर ५ स्थित जाल्पादेवी माध्यमिक विद्यालय धनकुटाका एक शिक्षकमा कोभिड–१९ संक्रमण देखिएपछि एक सातालाई विद्यालय बन्द गरिएको छ ।

 

कोरोना शून्य रहेको धनकुटामा शनिबार एक शिक्षकमा कोरोना पुष्टि भएपछी स्थानीयमा त्रास बढेको छ । विगतमा ती शिक्षक अन्यन्त्र कतै पनि नगए पनि संक्रमित भएपछि स्वास्थ्य सतर्कता बढाइएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुल्सीप्रसाद गुरागार्इंले बताए ।

 

माथि (केन्द्र) मा स्याम्पल लगेर टेस्ट गरेपछी मात्र ओमिक्रोन हो/होइन भन्ने पुष्टि हुने उनको भनाइ छ । विद्यालयमा कार्यरत शिक्षकलाई कोभिड– १९ सँग मिल्दोजुल्दो लक्षण देखिएपछि विद्यालय बन्द गरिएको छ । पिसिआर गरेर कोभिड–१९ पोजेटिभ आएपछि शिक्षक घरमै होम आइसोलेसनमा छन् । 

 

विद्यालयमा कार्यरत अन्य २ जना शिक्षकमा पनि कोभिड संक्रमणको आशंका गरिएकामा नतिजा नेगेटिभ आएको प्रधानाध्यापक निर्मल रिमालले जानकारी दिए । कोभिड–१९ संक्रमण देखिएका शिक्षक केही दिनदेखि घर र विद्यालय मात्रै आउजाउ गरेकाले नयाँ भेरियन्ट हुन नसक्ने प्रधानाध्यापक रिमालको अनुमान छ ।


१० पुसपछि संक्रमित शिक्षकको अवस्था, विद्यार्थी र अन्यष् शिक्षकको अवस्था सामान्य रहे विद्यालय सञ्चालन गर्ने र अवस्था असामान्य बने पुनः बैठक बसेर निर्णय गरिने प्रधानाध्यापक रिमालले बताए ।  पाख्रिबास नगरपालिकाले कोभिड–१९ परीक्षणको व्यवस्था मिलाएको जनाएको छ । नगरप्रमुख वृषबहादुर राईले आशंका लागेका सबै विद्यार्थी र शिक्षकको कोभिड परीक्षणको तयारी भइरहेको बताए ।