close

जुम्लामा मुगाली बौद्धमार्गीद्वारा एम्बुलेन्स सञ्चालन

जुम्लामा मुगाली बौद्धमार्गीद्वारा एम्बुलेन्स सञ्चालन

Trulli
ADVERTISEMENT

जुम्ला । मुगाली बौद्धमार्गी सेवा संघ जुम्लाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । 

भारतीय राजदूतावासले मुगाली बौद्धमार्गी सेवा संघ जुम्लालाई एम्बुलेन्स सहयोग गरेपछि संघले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो । संघको ७५औँ वर्षगाँठका अवसरमा भारतीय दुताबासले एम्बुलेन्स प्रदान गरिएको हो । 

नेपाल –भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत उपहार स्वरूप एम्बुलेन्स हस्तान्तरण गरिएको थियो । जिल्ला समन्वय समितिको पूर्वउपप्रमुख तथा मुगाली बौद्धमार्गी सेवा सघं जुम्लाका सल्लाहकार कार्मा बुढाका अनुसार अहिले पनि दुर्गम गाउँमा एम्बुलेन्स नपाएर समयमै विरामी स्वास्थ्य संस्था आउन सकेको अवस्था छैन । उनले भने एम्बुलेन्स प्राप्त भएपछि सबैले अव छिटोछरितो र सहज रुपमा सेवा प्राप्त गर्ने विश्वास गरिएको छ । 

संघका अध्यक्ष नोर्बु तामाङले एम्बुलेन्सको  सही सदुपयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । दुर्गम गाउँका जनताले सहजै उपचार सेवा पाउन भन्ने उद्देश्यले एम्बुलेन्स सहयोग गरेको भारतीय राजदूतावासले जनाएको छ ।