close

गाउँपालिका अध्यक्षद्वारा भाइको स्मृतिमा अक्षय कोष स्थापना

गाउँपालिका अध्यक्षद्वारा भाइको स्मृतिमा अक्षय कोष स्थापना

Trulli
ADVERTISEMENT

जुम्ला । हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले आफ्नो कान्छो भाइ सुरेन्द्र शाहीको स्मृतिमा अक्ष्यकोष स्थापना गर्ने भएका छन् । उन भाइको स्मृतिमा दुई लाख रुपैयाँ बराबरको अक्षय कोष स्थापना गर्ने घोषणा गरेका हुन् । 

कर्णाली प्राविधिक शिक्षालयमा अध्यायनरत स्वर्गीय भाइ सुरेन्द्रको स्मृतिमा शिक्षाको वृद्धि विकासका लागि अक्ष्यकोष स्थापना गर्ने घोषणा गरेका हुन् ।

कर्णाली प्रविधिक शिक्षालयको वार्षिक उत्सवमा अध्यक्ष शाहीले अक्षय कोषले शिक्षाको शैक्षिक उन्नतिमा थोरै भए पनि टेवा पुग्ने विश्वास व्यक्त गरे । साथै हिमा गाउँपालिकाले शिक्षालयको वृद्धि विकासका लागि ५ लाख रकम प्रदान गर्ने उनले बताएका छन् ।  

कर्णाली प्राविधिक शिक्षालयको शैक्षिक तथा भौतिक अबस्था सुधारका लागि राज्यका सबै निकाय गम्भीर हुनुपर्ने उनको भनाइ छ । शिक्षालय सुधारको विषय तीनै तहका सरकारको बजेट तथा नीति कार्यक्रममै समेटिनु पर्ने उनले बताए ।