close

उद्यमी बनाउन गाउँपालिकाकाे १० लाख रुपैयाँ

उद्यमी बनाउन गाउँपालिकाकाे १० लाख रुपैयाँ

Trulli
ADVERTISEMENT

दार्चुला– मालिकार्जुन गाउँपालिकाले चालु आर्थिक वर्षमा २५० जना युवालाई राेजगारी दिने भएकाे छ । गाउँपालिकाले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) मार्फत राेजगारी दिन लागेकाे हाे ।

गाउँपालिकाकाे उद्यम विकास संयोजक जगदिश चन्द्र अवस्थीका उद्यम विकास राेजगारी कार्यक्रम सञ्चालन गर्न लागेकाे हाे । गाउँपालिकाले महिलालाई लक्षित गरी हाते होजियारी, साबुन बनाउने, सिलाईकटाई धूपवत्ती बनाउनेलगायतका तालिम प्रदान गरी उद्यमी बनाउने उनले पालिकाखबरलाई बताए । 

गाउँपालिका स्थापना अगावै उद्यम विकासका कार्यक्रम सञ्चालन गर्दै आएको संयोजक अवस्थीले बताए ।  गत आर्थिक वर्ष ७५ जनालाई उद्यमी बनाएका थिए । चालू आर्थिक वर्षमा वजेट घटेर आएकोले ३० जनालाई उद्यमी हुने भएका छन । गाउँपालिकाले शसर्त अनुदान अन्तर्गत १० लाख वजेट विनियोजन गरेको छ ।