close

उल्टो हिंडे कहाँ पुगिन्छ थाहा छैन ?

उल्टो हिंडे कहाँ पुगिन्छ थाहा छैन ?

Trulli
ADVERTISEMENT

एउटै ओछ्यानमा सुतेपछी गोडा लाग्छ
तर, रिसाउनु हुँदैन।
फुटेको ऐना जतिसुकै जोडेपनी फुट्दै जान्छ
तर, जोडिंदैन।
खेत जोत्दा गोरुको हल मिल्नुपर्छ
दायाँलाई – बायाँ
र, बायाँलाई – दायाँ जोडेर
गोरु दुर्घटनामा जानसक्छ
तर, खेत जोतिंदैन।

 

सँगै हिडेपछी कहिलेकाँही ठेस लाग्छ
त्यसलाई दुश्मनी बनाउनु हुँदैन।
फराकिलो छाती हुनेहरु महान हुन्छन
छोटो चित्तले महानता पाइदैन।
दुधमा नै घिउ हुन्छ
प्रक्रिया नर्पुयाइ घिउ आफैं आउँदैन।

 

एकता नै ठूलो शक्ति हो
फुटेर लक्ष्य भेट्टाउन सकिंंदैन।
सहकार्यमा आत्मियता हुनुपर्छ
अविश्वासले मित्रता फस्टाउँँदैन।
समस्यालाई बुझेर समाधान खोज्नुपर्छ
आवेशले कहिले निकास पहिल्याउँँदैन।

 

बोल्नुभन्दा अघि धेरै सोच्नुपर्छ
शब्दहरु कतै उच्चारणमै गलत त छैन ?
सिद्धान्त व्यवहारिक हुनुपर्छ
जडताले सिद्धान्त मौलाउँदैन।
हिंडेपछी गन्तव्यमा पुग्नुपर्छ
उल्टो हिंडे कहाँ पुगिन्छ थाहा छैन ?

 

(कवि टि.पी. शर्मा तिमल्सिना नमोबुद्ध नगरपालिकाका मेयर हुनुहुन्छ)