close

पहाडमा आज, तराईमा सोमबार र जनकपुरमा मंगलबार मनाईँदैछ होली: किन मनाईन्छ होली ?

पहाडमा आज, तराईमा सोमबार र जनकपुरमा मंगलबार मनाईँदैछ होली: किन मनाईन्छ होली ?

Trulli
ADVERTISEMENT

काठमाडौं- पहाडमा आज होली मनाईदैछ । रंगहरुको पर्व मानिएको होलीलाई सभ्य ढंगले मनाउन प्रशासनले अनुरोध गरेको छ । मधेशमा भने भोली मनाइने होली यसपटक भने पर्सी मंगलबार मनाईंदैछ । 

दानवतामाथि मानवताको विजय भएको खुसीयालीमा होली पर्व मनाउने चलन सुरु भएको छ । त्रेता युगमा राक्षसी प्रवृत्तिका ब्यक्ति थिए- हिरण्यकशिपु । उनले भगवान ब्रम्हाको तपस्या गरेका थिए । कठोर तपस्याकै कारण भगवान ब्रम्हाले उनको मृत्यु बिहान, राती, बाहिर भित्र, जनावर, मानिसले वा देवताको हातबाट समेत नहुने बरदान दिए ।

बरदान पाएपछि हिरण्यकशिपुले आफूलाई नै भगवान् ठाने । अरुमाथी अन्याय अत्याचार गर्न थाले । पिता खराब प्रबृत्तिको भए पनि उनका छोरा प्रल्लाहद भगवान् विष्णुका सबैभन्दा ठुला भक्त बन्न पुगे ।

आसुरी वा राक्षसी प्रवृत्तिको पिताले छोरालाई आफ्नै सबैभन्दा शक्तिशाली भएकाले आफ्नै पूजा गर्न भने । तर छोरा प्रल्हादले मानेनन् । पटक(पटक धम्क्याउँदा पनि छोराले भगवान् विण्णुप्रतिको अगाध श्रद्धा कायमै राखेका कारण हिरण्यकशिपुले प्रल्हादलाई मार्ने योजना बनाए । बहिनी होलिकाले पनि हिरण्यकशिपुलाई साथ दिइन् ।

होलिकाले बालक प्रल्हादलाई लगेर आगोमा भष्म पार्न लाग्दा उनी आफै जलेर खरानी भइन् । तर बालक सकुशल रहे । यसै दिनलाई असत्यमाथि सत्यको जित अर्थात् दानव प्रबृतिको पराजय भएको सम्झना स्वरुप होली मनाउने चलन सुरु भएको धार्मिक ग्रन्थहरुमा उल्लेख छ ।