close

तिलोत्तमा नगर गीत

Trulli
ADVERTISEMENT

यो माटो छुदाँ गर्व होस् ।
समृद्धिको सधैँ पर्व होस् ।।


हाम्रै सत्कर्मले बन्छ स्वर्ग यो तिलोत्तमा ।
स्वच्छ सफा हराभरा नगर तिलोत्तमा ।।


सोह्र छत्तीस उर्वर भूमी बुद्ध डुल्ने ग्राम ।
प्रकृतिका उपवन मन्दिर गुम्बा धाम ।।


उद्योग व्यापार पर्यटन गरी उन्नत खेती ।
लगानीका क्षेत्र धेरै बढ्दो समुन्नती ।।


भाषा धर्म भेष अनेक सनातन रीति ।
हिमाल पहाड तराईका थरीथरी जाती ।।


स्वाभिमानी छाती हाम्रो जाँगर पाखुरीमा ।
जीवनधारा चलाउछन् रोहिणी तिलोत्तमा ।।
जय हो तिलोत्तमा ।।।


रचना : तेज प्रसाद पाण्डे