close

नारायणीको किनारमाा उभिएर

नारायणीको किनारमाा उभिएर

Trulli
ADVERTISEMENT

यहाँबाट धेरै बग्यो 
पानी
तर, उस्तै छ नारायणी 
जस्तो पहिला थियो
किनाराबाट
कहिले दायाँ, कहिले बायाँ 
थोरै यता, थोरै उता
देशले थुप्रै उतारचढाव भोग्यो
जसरी भोग्यो नारायणीले छालहरूको तरंग
धेरै बगायो नारायणीले
फोहर र कुहिएको दुर्गन्ध
तर देशले भोगेन, सुशासन 
र, कतै देखिएन
पोतिएको समृद्धिको उज्यालो रङ
शासन भोग्यो
शासक भोग्यो
र, परिवर्तन भइरह्यो सत्ता
तर, बग्न सकेन सफा
र, स्वच्छ पानी
जसरी बगिरहेको छ नारायणी
एक समय,
यही नारायणीले नै बगाएको थियो
एउटा उज्यालो सपना
र, बहुदलीय जनवादका सृष्टिकर्ता
खसेको थियो, नारायणीमै
जनताको आशा
विश्वास
र, भविष्यको निर्माणकर्ता 
आज, यही नारायणीकै किनारामा उभिएर
उठाउँदै छु आफ्नै हात
पूर्व–पश्चिमको सहृदयता
जोडेर आत्मीयताको साथ
र, अहिले यसैको किनारामा
महाधिवेशनको झन्डा उठाउँदै 
आज, लेखिरहेको छु 
आफ्नै हृदयको मधुर गीत
। १० मंसिर २०७८

 

सन्दर्भ : एमाले महाधिवेशन स्थल, चितवन


(तिमिल्सिना काभ्रेको नमोबुद्ध नगरपालिकाका नगरप्रमुख हुन्)