close

त्यसैले त पाँचवर्ष बिताए...

त्यसैले त पाँचवर्ष बिताए...

Trulli
ADVERTISEMENT

२०७४ को स्थानीय तहको निर्वाचनमा नमोबुद्ध नगरपालिकाको नगर प्रमुखमा निर्वाचित टि.पी.शर्मा तिमल्सिनाले आफ्नो पाँच बर्षे कार्यकाल सकिनै लाग्दा समिक्षात्मक कविता सार्वजनिक गर्नुभएको छ । सँधै सबैप्रति सकारात्मक सोच राख्ने उनै  प्रमुख तिमल्सिनाको सोही कविता  'शनिवारीय चिन्तन'मा । -सं.

 

मैले तपाइँहरुको धेरै माया पाए।

सहयोग पाए

उत्साह पाए

समिपता  र,

सहृदयता पाए

त्यसैले त पाँचवर्ष बिताए ।

 

सोचेजती सबै भएन होला

आकांक्षा सबै पुगेन होला

थुप्रै थिए, - चाहनाहरु

आवश्यकताहरु।

तर, जसरी पुग्थ्यो

तपाइँहरु सबैको सहकार्य थियो

म इमान्दारीसाथ जुटिरहे

अवस्था बदल्ने प्रयत्न गरिरहे

सबै काममा तपाइँहरुकै सल्लाह पाए

त्यसैले त पाँचवर्ष बिताए।

 

म खुशीले भारी छु

सबैप्रती आभारी छु

आउँने पुस्तालाई कार्यभार सुम्पेर

मलाई हरेक किसिमले सहयोग पुर्‍याउने

सबैलाई धन्यवाद दिदै

अब यो ठाउँबाट जाने तयारीमा छु।

तरपनी म कुनै न कुनै रुपमा

तपाइँहरुसँगै रहनेछु

तपाइँहरुकै समिपमा रहनेछु।

र, फ़ेरिपनि तपाइँहरुकै स्नेह

सहयोग

उत्साह

र, सल्लाहको अभिलाषी छु।

 

तपाइँहरुबाट मैले धेरै सहयोग पाए

त्यसैले त पाँचवर्ष बिताए |

-२४ बैशाख, २०७९