close

कलाकार अरनिकोको घरलाई सङ्ग्रहालय बनाउने

कलाकार अरनिकोको घरलाई सङ्ग्रहालय बनाउने

Trulli
ADVERTISEMENT

ललितपुर। ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले राष्ट्रिय विभूति कलाकार अरनिकोको घरलाई सङ्ग्रहालय बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। 

नेपाल व्यावसायिक कलाकार सङ्घको २८औँ स्थापना दिवस तथा राष्ट्रिय विभूति कलाकार अरनिको स्मृति दिवसको उपलक्ष्य पारेर ललितपुर महानगरपालिका–६ मा रहेको उनको घरलाई सङ्ग्रहालय बनाउने महर्जनले बताएका हुन्।

तेह्रौँ शताब्दीका प्रसिद्ध कलाकार अरनिको नेपालबाट १७ वर्षको उमेरमा ९९ जना कलाकारको टोलीको नेतृत्व गरी चीनमा गएर त्यहाँ नेपाली कला र कौशलको प्रचारप्रसार गरेको भन्दै महर्जनले अरनिकोको जन्मस्थल ललितपुर जिल्ला भएको तथ्य औँल्याए। ‘उहाँ बसेको घर जेजस्तो अवस्थामा छ त्यसको संरक्षण र स‌वर्द्धन गरी त्यसलाई सङ्ग्रहालयका रुपमा विकास गर्न  प्रतिबद्ध छु’, उनले भने। 

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वकूलपतिद्वय किरण मानन्धर र कान्छाकुमार कर्माचार्यको विशिष्ट आतिथ्यमा महानगरपालिकाका प्रमुख महर्जनको हातबाट १६ जनाभन्दा बढी कलाकारलाई पुरस्कृत तथा सम्मान गरिएको थियो ।