close

वरिष्ठ साहित्यकार महर्जनलाई 'वल्ड वाइल्ड बुक अफ रेकर्ड' प्रमाणपत्र वितरण

वरिष्ठ साहित्यकार महर्जनलाई 'वल्ड वाइल्ड बुक अफ रेकर्ड' प्रमाणपत्र वितरण

Trulli
ADVERTISEMENT

काठमाडौँ । वरिष्ठ साहित्यकार एवं गीतकार सुरेन्द्र महर्जन (अमर)लाई  ‘वल्ड वाइल्ड बुक अफ रेकर्ड’ को विश्व क्रीतिमानको प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।   गीतकार संघ नेपालको आयोजनामा  वरिष्ठ गीतकार विश्व बल्लभ र गीतकार संघको अध्यक्ष तथा गीतकार बसन्त वित्यासी थापाबाट संयुक्त रूपमा प्रमाणपत्र हस्तान्तरण गरिएको हो । 

चार दशक लामो साहित्य यात्रा र तीन दशक लामो सांगीतिक यात्रालाई निरन्तरता दिँदै आएका साहित्यकार अमरलाई विश्व कृतिमान दुबैले बधाई दिएका छन् । विश्व कीर्तिमानीको प्रमाणपत्र ‘वल्ड वाइड बुक अफ रेकर्ड’ को कार्यालयबाट नेपाल आएको केही महिनापछि उक्त रेकर्ड सार्वजनिक भएको हो ।

  वरिष्ठ साहित्यकार अमरले पहिलो पटक विश्वको अग्लो हिमाल सगरमाथा बेस क्याम ५३६४ मिटर अग्लो स्थानमा आफ्नो रचनामा तयार भएको गीति एल्बम 'मायाको सागर' सार्वजनिक गरेर विश्व कृतिमानी रेकर्ड कायम गरेका हुन । साहित्य क्षेत्रमा कविता, गीत, कथा, उपन्यास, मुक्तक, हाइकु, तान्का आदि लेखेर चर्चा बटुल्न सफल भएका छन् । उनले १८ अप्रिल २०२२ मा सगरमाथा बेस क्याममा आफ्नो रचनामा तयार भएको गीति एल्बम अहिलेसम्मकै धेरै उचाई माथिबाट सार्वजनिक गरेका थिए।