close

एकैदिन वीरगञ्जका करिब ४५० कर्मचारी बर्खास्त

एकैदिन वीरगञ्जका करिब ४५० कर्मचारी बर्खास्त

Trulli
ADVERTISEMENT

पर्सा- वीरगन्ज महानगरपालिकाले एकैदिन करिब ४५० जना कर्मचारी बर्खास्त गरेको छ । गैर कानुनी रूपमा भर्ना गरिएका दैनिक ज्यालादारी र डोर हाजिरी कर्मचारीलाई जागिरबाट बर्खास्त गरेको छ । 

महानगरपालिकाको आवश्यकता र औचित्य भन्दा पनि मेयर, उपमेयर र प्रशासकीय अधिकृतको भागबन्डामा गरिएको अवैध नियुक्तिको छानबिन अख्तियार र सतर्कता केन्द्र थालेपछि बर्खास्त गरिएको बुझिएको छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले मङ्गलवार एक सूचना जारी गर्दै कर्मचारीहरूलाई बर्खास्त गरेका हुन् । उनले जारी गरेको सूचनामा विभिन्न मिति र  पदमा कामकाज गर्दै आएका दैनिक ज्यालादारी र डोर हाजिरीका कर्मचारीलाई मंगलबारदेखि नै लागु हुने गरी बर्खास्त गरिएको जनाइएको छ । उल्लेख गरेका छन् । 

स्थानीय निर्वाचनपछि फेरिएको मेयर राजेशमान सिंहको नयाँ नेतृत्वले आर्थिक भारको कारण देखाउँदै पूर्वमेयर विजय सरावगीले गरेका करिब २०० कर्मचारीहरूको नियुक्ति खारेज गरेका थिए । तर सङ्घीय र प्रादेशिक चुनाव अगावै रातारात महानगरपालिकाले करिब ३०० भन्दा बढी कर्मचारीहरूलाई नियुक्त गरिएको थियो । 

गैर कानुनी रूपमा कर्मचारी भर्ना गरिएको कारण आन्तरिक राजश्वबाट वार्षिक १८ करोड खर्च भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सतर्कता केन्द्रमा उजुरी परेको थियो । त्यसपछि अख्तियारले छानबिन थालेको छ । 

सतर्कता केन्द्रले कारबाही कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गर्ने सुइँको पाएपछि प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले मङ्गलबार अचानक दैनिक ज्यालादारी र डोर हाजिरमा काम गर्दै आएका कर्मचारीलाई सेवाबाट बर्खास्त गरेका हुन् । 

यसबारे बुझ्न पालिका खबरले मेयर/उपमेयर/प्रमुख प्रशासकीय अधिकृत र प्रवक्तालाई टेलिफोन सम्पर्क गर्दा सबैजना फोन स्विच अफ गरेर बसेका छन् ।