close

फोहोर बेच्न महानगरको बोलपत्र आह्वान

फोहोर बेच्न महानगरको बोलपत्र आह्वान

Trulli
ADVERTISEMENT

काठमाडौं- काठमाडौं महानगरपालिकाले सुक्खा फोहोर बेच्ने भएको छ । महानगरले वर्गीकरण गरेर राखेको फोहोर बोलपत्र आह्वान गरेर बेच्चे तयारी गरेको हो । महानगरले शुक्रबार सुक्खा फोहोर बिक्री गर्ने भन्दै बोलपत्र आह्वान गरेको हो ।

विभिन्न वडाबाट टेकु ट्रान्सफर स्टेसनमा संकलन सुक्खा फोहोरका अवयवहरू बिक्रीका लागि महानगरले बोलपत्र आह्वान गरेको हो । आन्तरिक राजस्व कार्यालयमा भ्याट दर्ता गरेका व्यक्ति, कम्पनी एवम् फर्महरूले सुक्खा फोहोर खरिद गर्नका लागि टेन्डर हाल्न सक्ने छन् ।

टेन्डरका लागि ३० दिनभित्र एक हजार रुपैयाँ जम्मा भएको बैंक भौचर र ८० हजारको धरौटी रकम नगदै जम्मा गरेको भौचर वा दिनुपर्ने भनिएको छ ।

महानगर वातावरण विभागका अनुसार अहिले केही वडामा फोहोरको वर्गीकरण गरेकोले नकुहिने फोहोर ल्यान्डफिल साइट लैजान पर्दैन । सोही फोहोर टेकु ट्रान्सफर स्टेसनमा राखिएका छन्, जुन विस्तारै थुप्रिँदै गएको छ ।

‘फोहोर राख्ने स्थान पनि अभाव हुने र सुक्खा फोहोर बेचेर आम्दानी पनि हुने भएकोले महानगरले टेन्डर आह्वान गरेको हो,’ वातावरण विभागका एक कर्मचारीले भने ।