close

बैतडीका १० वटै पालिकामा हुँदै एमाले अधिवेशन

बैतडीका १० वटै पालिकामा हुँदै एमाले अधिवेशन

Trulli
ADVERTISEMENT

बैतडी–बैतडीका १० वटै पालिकामा नेकपा एमालेको अधिवेशन सोमबार हुँदै छ । जिल्लाका सबै स्थानीय तहमा अधिवेशन हुन लागेको पार्टी जिल्ला सचिव तथा प्रदेशसभा सांसद लीलाधर भट्टले बताए ।


पालिका अधिवेशनका लागि तयारी पूरा भइसकेको उनले जानकारी दिए । १० वटै स्थानीय तहमा अधिवेशन सम्पन्न गर्न प्रतिनिधि खटाइसकिएको सचिव भट्टले बताए ।  मेलौली नगरपालिका र शिवनाथ गाउँपालिकामा अधिवेशन सम्पन्न गर्न सचिव भट्ट आफैं प्रतिनिधिको रूपमा खटिएका छन् । 


यस्तै, पञ्चेश्वरमा केन्द्रीय सदस्य पुरनसिंह दयाल, पाटन नगरपालिकामा प्रदेश कमिटी सदस्य मोहनसिंह थापा, दशरथचन्द नगरपालिकामा प्रदेश कमिटी सदस्य पुष्करराज जोशी र पुर्चौडी नगरपालिकामा संघीय सांसद एवं प्रदेश कमिटी सदस्य दामोदर भण्डारीलाई खटाइएको छ । 

 

डिलासैनी गाउँपालिकामा जिल्ला अध्यक्ष सुरेन्द्र पाल, दोगडाकेदार गाउँपालिकामा जिल्ला उपसचिव चक्रबहादुर कार्की, सुर्नया गाउँपालिकामा प्रदेश कमिटी सदस्य नरेश विश्वकर्मा र सिगास गाउँपालिकामा जिल्ला सचिवालय सदस्य रमिल बमलाई प्रतिनिधिको रूपमा खटाइएको छ ।

 

यसअघि बैतडीका ८४ वटै वडामा सर्वसम्मत वडा कमिटी चयन गरेको एमालेले पालिका कमिटी पनि सर्वसम्मतिमै चयन हुने सम्भावना रहेको नेताहरूले बताए । 
बैतडीका कुनै पनि पालिकामा विवाद नरहेकाले सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना रहेको पार्टी जिल्ला सचिव भट्टले बताए । पार्टीका सबै पालिकास्तरीय नेता, कार्यकर्ताले उचित जिम्मेवारी पाउने उनको भनाइ छ ।