close

बैतडीका १० वटै पालिकामा एमाले नेतृत्व चयन सर्वसम्मत 

बैतडीका १० वटै पालिकामा एमाले नेतृत्व चयन सर्वसम्मत 

Trulli
ADVERTISEMENT

बैतडी–बैतडीमा नेकपा एमालेको पालिका अधिवेशन सम्पन्न भएको छ । जिल्लाका १० वटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको पार्टी जिल्ला सचिव तथा प्रदेशसभा सांसद लीलाधर भट्टले बताए । 


बैतडीको दशरथचन्द नगरपालिकामा अजव पाण्डेको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन गरिएको छ । कमिटीको उपाध्यक्षमा नारायणप्रसाद भट्ट, सचिवमा कल्पना क्षेत्री राना, उपसचिवमा चन्द्रसिंह टेर र गगन विष्ट चयन भएका छन् । 


पाटन नगरपालिकाको नगर कमिटी अध्यक्षमा ललित ठगुन्ना चयन भएका छन् । उपाध्यक्षमा हरिदत्त भट्ट, सचिवमा धर्मराज भट्ट, उपसचिवमा वसन्ती चन्द र भीम भट्ट चयन भए भने अन्य ७० जना सदस्य गरी ७५ सदस्यीय नगर कमिटी गठन गरिएको छ ।


मेलौली नगरपालिकामा राजबहादुर चन्दको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा विजयसिंह नायक, सचिवमा गोरखबहादुर चन्द, उपसचिवमा रमेशबहादुर चन्द र गोरखसिंह विष्ट चयन भएका छन् । 


दोगडाकेदार गाउँपालिकामा काशीसिंह विष्टको अध्यक्षतामा ७५ सदस्यीय गाउँपालिका कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा हेमा भट्ट कपाडी, सचिवमा कमल भूल, उपसचिवमा वीरभा सिंह कार्की र भरतसिंह विष्ट चयन भएको एमाले जिल्ला उपसचिव चक्र कार्कीले बताए । 


यस्तै, डिलासैनी गाउँपालिकामा रघुवीर बोहराको अध्यक्षतामा ७५ सदस्यीय पालिका कमिटी चयन भएको छ । कमिटीको उपाध्यक्षमा हिक्मत धामी, सचिवमा वीरबहादुर माल, उपसचिवमा उर्मिला जोशी र सन्तोष राना चयन भएको अनेरास्ववियुका केन्द्रीय सदस्य यज्ञराज भट्टले बताए । 


सिगास गाउँपालिका कमिटीको अध्यक्षमा रामसिंह धामी चयन भएका छन् । कमिटीको उपाध्यक्षमा सूर्यबहादुर बोहरा, सचिवमा जसवीरसिंह साउद, उपसचिवमा भानसिंह धामी र दानसिंह धामी चयन भएको एमाले जिल्ला सचिवालय सदस्य रमिल बमले बताए । 


शिवनाथ गाउँपालिका कमिटी अध्यक्षमा महेन्द्र चन्द चयन भएका छन् । उपाध्यक्षमा सुरेन्द्र साउद तथा सचिवमा मनोज ठकुराठी चयन भए भने सहसचिवमा चन्द्रसिंह साउद र चम्फा साउद चयन भएका छन् ।


पञ्चेश्वर गाउँपालिका कमिटी अध्यक्षमा प्रकाश चन्द तथा उपाध्यक्षमा रामसिंह पुजारा चयन भएका छन् । सचिवमा कृष्ण पेला, उपसचिवमा विमला घटाल र कालुसिंह जोशी चयन भएको एमाले केन्द्रीय सदस्य पुरन सिंह दयालले जानकारी दिए ।


सुर्नया गाउँपालिका कमिटी अध्यक्षमा राजेन्द्रप्रसाद भट्ट सर्वसम्मत चयन भए । उपाध्यक्षमा लालबहादुर पाण्डे, सचिवमा आनन्दसिंह बोहरा, उपसचिवमा निरञ्जन विष्ट र पदम अवस्थी चयन भए । 


पुर्चौडी नगरपालिकाको नगर कमिटीमा कर्णबहादुर धामीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको छ । अन्य पदाधिकारी र सदस्यसमेत सर्वसम्मतमा चयन भएको एमाले जिल्ला सचिव लीलाधर भट्टले बताए । बैतडीका ८४ वटै वडा र १० वटै पालिकामा सर्वसम्मत कमिटी चयन भएको उनको भनाइ छ ।