close

गठबन्धनका साझा उम्मेदवारको नामावली सार्वजनिक ( सूचीसहित)

गठबन्धनका साझा उम्मेदवारको नामावली सार्वजनिक ( सूचीसहित)

Trulli
ADVERTISEMENT

काठमाडौं । सत्तारुढ गठबन्धनले ४ मंसिरमा हुने प्रतिनिधिसभामा र प्रदेशसभा निर्वाचनका लागि देशभरका आधिकारिक उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । 

शुक्रबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सामूहिक विज्ञप्ति जारी गरी देशभरका निर्वाचन क्षेत्रको आधिकारिक उम्मेदवार तय गरेका हुन् ।

गठबन्धनमा प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस,नेकपा माओवादी,एकीकृत समाजवादी र जनमोर्चा छन् । 

यसअघि जसपा पनि गठबन्धनमा आबद्ध भए पनि टिकट वितरणमा असन्तुष्टि जनाउँदै नेकपा एमालेसँग चुनावी तालमेल गरेको छ ।